ग्याल्थुम विद्यालय जोगाउन पुर्वबिद्यार्थी र शिक्षाप्रेमिहरुको सहयोगमा भौतिक संरचना तयार हुदै

- May 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ग्याल्थुम (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम क्षेत्रकै पुरानो शिक्षाको धरोहरको रुपमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई मेलम्ची नदिले कटान गरेर बगाएसंगै बाँकी भौतिक संरचना जोगाउन पुर्वविद्यार्थी र शिक्षाप्रेमीहरु अहिले स्थलगत रुपमा खटेर संरक्षण अभियानमा लागेका छन् ।

पुर्व विद्यार्थी समाज सरस्वती माबि संरक्षण अभियान अन्तर्गत मंगलबारसम्ममा करिब २६ लाख बराबरको नगद तथा जिन्सी सहयोगको प्रतिबद्धता प्राप्त भएको सो समाजले जनाएको छ। सो रकम मध्य १८ लाख ३० हजार प्राप्त भएको पुर्वविद्यार्थी समाजका देबीलाल शर्मा लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार यसै अभियान बिच अरुणिमा फाउन्डेसनबाट ३ लाख १ हजार रुपैया सरस्वती माबिको नामम चेक आएको कारण बिधालयकै खातामा जम्मा गरिएको बताएका छन् ।

सायद ३ जना मानिसहरू को फोटो हुनसक्छ

उनका अनुसार बांकी ४ लाख ७० हजार रुपैयाँको प्रतिबद्धताको सहयोग रकम जम्मा हुने क्रममा रहेको समेत बताए । प्राप्त रकमबाट हालसम्म ५ दशमलव २ मिटर चौडाई, ५ मिटर उचाई र २० मिटर लम्बाईको प्लम कंक्रीट वालमा २ दशमलव ४ मिटर निर्माण भएको र केही दिनमा ३ दशमलव ६ मिटर निर्माण सम्पन्न हुने बताइएको छ।

हालसम्म संमृद्धी हार्ड्वेयरलाई ८०० बोरा सिमेन्ट खरिद तथा थप आबश्यकता अनुरुप उपलब्ध गराउनका लागि ६ लाख ५० हजार, पाल्चोकी क्रसर लगायत गिट्टि बालुवा ढुवानीकर्तालाई २ लाख ५० हजार, मिष्त्री मजदुर कामदारका लागि १ लाख, गोसर कार्की मार्फत स्काभेटर, फर्मा, पानी तान्ने मेसिन लगायत सामाग्रीका लागि १ लाख ३५ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

जिन्सी सहयोग अन्तर्गत प्राप्त एक्साभेटर सहयोग १ लाख ५५ हजार फाउन्डेसन खन्न र बोल्डर, ढुङ्गा जम्मा गर्न खर्च बताइएको छ। यसरी हालसम्मको करिव १३ लाख बराबर खर्च भैसकेको बताइएको छ ।

र यो पनि…

सरस्वती मावि संरक्षण अभियानमा जुटे पुर्वविद्यार्थी

मेलम्ची नदीको वितण्डा : बगाउन लागेको विद्यालय जोगाउने उपायको खोजी

ग्याल्थुम स्कुल जोगाउन आर्थिक सहयोग संकलन सुरु : पुर्व विद्यार्थी र शिक्षकबाट रकम हस्तान्तरण (भिडियो सहित) 

सरस्वती मावि ग्याल्थुम स्कुल बचाउँ अभियान शुभारम्भ : तीन वटै सरकारी निकायसंग समन्वय गर्ने सहमति (भिडियो)

सरस्वती मावि ग्याल्थुम स्कुल बचाउँ अभियान शुभारम्भ : तीन वटै सरकारी निकायसंग समन्वय गर्ने सहमति (भिडियो)

सरस्वती मावि ग्याल्थुम स्कुल बचाउ अभियानमा समाजसेवी सागरको पहलमा रकम हस्तान्तरण

बाढीले बगाउनै लागेको विद्यालय जोगाउन स्थानीय बासिन्दानै उत्रिए मैदानमा

ग्याल्थुम विद्यालयलाई गाडी खरिद गर्न सय दिने अभियान (सहयोगीको सूची सहित)

मेलम्ची नदीबाट बगाएको ग्याल्थुम स्कुल संरक्षण गर्ने पहिलो चरणमा निर्माण कार्य सुरु

मेलम्ची नदीको वितण्डा : शिक्षाको इतिहाँस बोकेको सरस्वती मावि ग्याल्थुमको पिलर बगायो

मेलम्ची नदीको वितण्डा : शिक्षाको इतिहाँस बोकेको सरस्वती मावि बाढीको चपेटामा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट