आगामी आव ०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट : घाटामा बजेट (पूर्ण पाठ सहित)

- May 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले आगामी आव ०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले कुल विनयोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्व ६७ अर्ब १८ करोड अर्थात १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गर्नुभएको छ ।

यो चालु आवको तुलनामा ६ दशमलव २ प्रतिशतले धेरै रहेको छ । यो संशोधित बजेटभन्दा २१ दशमलव ५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । अर्थमन्त्री पुनले आगामी वर्षका लागि राजस्व संकलनको लक्ष्य १२ खर्ब ६० अर्ब रुपैयाँ राख्नु भएको छ । चालु आवमा यस्तो लक्ष्य १२ खर्ब ४८ अर्ब रहेको थियो । यो प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँडबाट जाने राजस्व बाहेक संघीय सरकारका लागि मात्र हो ।

कुल बजेटमा राजस्व बाहेक वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड रुपैयाँ आउने अनुमान गरिएको छ । चालु आवमा यस्तो अनुदान ४९ अर्ब ९४ करोड राखिएको छ । राजस्व र अनुदान प्राप्तीले खर्च धान्न नसक्ने भए पछि अर्थमन्त्री पुनले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने तय गर्नुभएको छ ।

२०८१/८२ को बजेट हर्ने र पढ्न यहाँ  Budget Speech 2081-82 क्लिक गर्नुहोस ।।

जसअनुसार वैदेशिक ऋण २ खर्ब १७ अर्ब र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाइने जनाइएको छ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । अर्थमन्त्री पुनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगार कार्यक्रमलाई दुई लाख व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

वैदेशिक रोजगारीमा जानुपूर्व गरिने अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क गर्ने व्यवस्था गरिएको छ । सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने, पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आवलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने आगामी आर्थिक वर्षमा बजेटमा योजना तय गरिएको छ ।।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट