नमुना गाउँपालिकाभन्दै हुँकार गर्ने हेलम्बुको बेरुजु उच्चः अख्तियारमा अध्यक्ष लामा विरुद्ध उजुरी थपिने क्रम जारी

- May 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहहरु मध्ये सबै भन्दा धेरै हेलम्बु गाउँपालिकामा रहेको छ । स्थानीय तहहरु मध्ये सबै भन्दा कम बेरुजु भने बलेफी गाउँपालिकाको रहेको देखिन्छ । सिन्धुपाल्चोक १२ पालिकाको बेरुजुमा पनि हेलम्बु गाउँपालिका सबैभन्दा धेरै बेरुजु हेलम्बुमा कसरी आयो भन्ने बिषय स्थानीहरु निकै चासोका साथ हेरीरहेका छन्।

प्रतिशतका हिसाबले हेलम्बु गाउंपालिकाको सबैभन्दा बढी ४.६१ प्रतिशत र जुगल गाउँपालिकाको ४.२७ प्रतिशत बेरुजु देखिएपनि रकमका हिसाबले हेलम्बुको बेरुजु रकम जिल्लामै बढी हो । बजेट योजना कार्यान्वयन, राजश्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखांकन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार व्यक्ति तथा संस्थाले जवाफदेहिता बोध नगर्ने र आर्थिक अनुशासनमा नरही लापरबाही तरिकाले बजेट खर्च तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने अर्थविद्हरूको भनाइ छ ।

बेरुजु देखिनु भ्रष्टाचार र अनियमितता नै नभएपनि बढी बेरुजु देखिनु सुशासनका दृष्टिले बिसंगति र बेथिति भएको उनीहरुको भनाइ छ । २०७९ को स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक नेपाली कांग्रेसबाट नेपाली कांग्रेसका निमा ग्याल्जेन ह्योल्मो अध्यक्ष तथा नेपाली कांग्रेसकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछाने निर्वाचित भएका थिए । गाउँपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसकै बहुमत छ । यद्यपि, मिलाप नहुँदा प्रमुख प्रशासकीय अधिकृतहरु लामो अवधि टिक्न सकेका छैनन् ।

बहुमतको आडमा बजेट वितरण र खर्च गर्दा बेरुजु रकम धेरै भएको गाउँपालिकाकै कर्मचारीहरु बताउँछन् । हाल सम्म पनि हेलम्बु गाउँपालिकाको प्रशासनिक भवन शिल्यानास हुन सकेको छैन । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद प्रकरणमा जग्गा दाता र जनप्रतिनिधिका कारण गाउँपालिकाको प्रशासनिक भवन शिल्यानास हुन सकेन ।

अख्तियारमा उजुरी

चालु आर्थिक वर्षमा पनि सार्वजनिक खरिद नियमावली विपरित टेण्डरबिनै लाख रुपैयाँ लागतको निर्माणको ठेक्का लगाएको, विज्ञापनका नाममा लाखौं रकम फजुल खर्च गरेको भन्दै यस हेलम्बु गाउँपालिका विरुद्ध अख्तियारमा उजुरी पनि परेको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद प्रकरणमा वर्तमान अध्यक्ष र त्तकालिन वडाअध्यक्ष विरुद्ध अख्तियारमा उजुरी परेको छ ।

हेलम्बु गाउँपालिका विरुद्ध अख्तियारमा उजुरी दर्ता नंम्बर २०७५/०७६ सि ६१८८ रहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनु भयो । प्राप्त उजुरीका आधारमा रकम सार्वजनिक खरिद ऐनविपरीतको ठेक्कालगायत, गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद प्रकरण अन्य उजुरीबारे अनुसन्धान भइरहेको बताए भन्दै निगरानी दैनिकले समाचार लेखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!