आगलागीमा परेका ग्रील उद्योगीलाई आर्थिक सहयोग प्रदान

- May 24, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । जेठ १० गते मोरङको आमबारीमा सञ्चालनमा रहेको ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भएको छ। घरमा भएका सरसामान लत्ताकपडा गरगहना लगायत सबै सामानहरु जलेर नस्ट भएको बताइएको छ। ग्रील तथा स्टील ब्यवसायी सघ मोरङका पुर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज राजबशीलाई तत्काल राहत पुग्ने गरि नेपाल घरेलु तथा साना उद्योग महासघ मोरङ शाखाको पहलमा अध्यक्ष चेतन निरौलाले नगद ४५ हजार ५ सय रुपैयाँ प्रदान गर्दै महासघमा आवद्ध उद्योगी व्यवसायीहरुलाइ सकट परेको बेला र ब्यवसायी समस्याहरु सम्बोधन गराउन महासघ सधै लागिपर्ने बताएका थिए।

महासघकै पहलमा घरेलु तथा साना उद्योग कार्यालय मोरङबाट प्रबिधी हस्तान्तरण स्वरुप २ लाख बराबरको मेसिनहरु बनकार्यालयबाट २ लाख ५० हजार बराबरको काठ जिल्ला प्रशासन कार्यालयबाट नगद ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । स्थानिय सरकार मार्फत पनि सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष निरौलाले गराएका थिए।

सोही कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी सघ मोरङ शाखाबाट सघका अध्यक्ष बिनोद ढकालले पिडित शिबराज राजबशिलाइ नगद रु ४३ हजार ५०१ प्रदान गरेका थिए । सहयोग रकम बुझ्दै शिबराज राजबशिले सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै लघु घरेलु तथा साना उध्योगिहरुको एक मात्र छाता सगठन नेपाल घरेलु तथा साना उद्योग महासघ र ग्रील तथा स्टील ब्यवसायी सघ मोरङमा आफू सदैब सकृय सदस्यको रुपमा महासघले हरेक गतिबिधिमा सहभागिता जनाइ रहने प्रतिबद्धता ब्यक्त गरे। उक्त कार्यक्रममा घरेलु महासघ मोरङका र ग्रील सघ मोरङका पदाधिकारी सदस्य र पिडित परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट