प्रहरी तर्फ डिएसपी बढुवाका लागि रस्साकस्सी

- April 2, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाको फुली लगाउने तयारीमा रहेकाछन । यो तयारीसंगै प्रहरी प्रधान कार्यालयले डिएसपी बढुवाको समेत तयारी थालेको छ ।

निलम्बनमा परेका इन्स्पेक्टर हरिहर सुनुवार बाहेक ९८ इन्सपेक्टर चर्को लबिङमा लागेका छन् । इन्स्पेक्टरबाट डिएसपी बढुवाका लागि २०७० सालमा भर्ना भएका टोलीहरू चर्को प्रतिस्पर्धामा रहेका छन् ।

यो टोलीमा १४७ जना इन्स्पेक्टर मध्ये ९८ जना अब रिक्त हुने पदका लागि विभिन्न माध्यमबाट शक्ति केन्द्र धाएका छन् । उनीहरुमध्ये केही कारबाही खाएका अधिकृत पनि रहेका छन् ।

यसै बिच आइजिपी बसन्त बहादुर कुंवरले १९ रिक्त पद बढुवाका लागि फाइल अघि बढाउन कप्रलाई निर्देशन गरे पछि डिएसपी बढुवाका लागि रस्साकस्सी बढेको हो ।

 न्युज अभियानलाई प्राप्त सुची अनुसार इन्स्पेक्टरबाट डिएसपीको दर्ज्यानी चिन्ह हात पार्ने गरि लागि पर्नेमा आयुशप्रसाद जोशी, दिपक मल्ल, धनबहादुर बोहोरा, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्रशर्मा पौडेल, गंगाबहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेशदत्त अवस्थी, जनार्दन घिमिरे, गुणराज बुढाथोकी, चन्द्रकुमार सिंह, पुरुषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाया, भिषणबाबु राई, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढाथापा, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, निर्मल पनेरु, सुरेन्द्रप्रसाद जोशी, पविन्द्रबहादुर बम्म, गणेश सापकोटा, आशिष अधिकारी, शंकरप्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पन्चलाल गोले, रुकबहादुर खड्का, जनक पुरी, लोकबहादुर जि.सी., केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, रणबहादुर चन्द, पुष्कर बोगटी, चन्द्रभुसन यादव, बसन्त पाण्डे, रामप्रसाद तिमल्सिना, प्रशन्नराज चौधरी, योगेन्द्र तिमिल्सिना (उपाध्याय), बिष्णुप्रदिप बस्याल, शिला थापा, नविन पौडेल, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरुप्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवशबहादुर जि.सी., राजेन्द्रकुमार उपाध्याय, हरिबहादुर बि.सी., गणेशचन्द्र कोईराला, बिक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राजकुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देबेन्द्रकुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्रकुमार भट्ट, योगराज खतिवडा, डम्बरबहादुर पुरी, शैलेश्वरी बोहरा, सरोज राई, लोकेन्द्रसिंह गुरु, हिरासिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्तबहादुर सुनार, गोबिन्द रावत, सुवास भट्टराई, देबेन्द्रबहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिब श्रेष्ठ, राजन लामा, भाष्कर खतिवडा, सुरजबहादुर खड्का, कृष्णप्रसाद बिष्ट, अनिल पण्डित, मदन थापा, कमलबहादुर खड्का, वकिलबहादुर सिंह, हरिबहादुर बस्नेत, शंकर खड्का रहेका छन्  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!