१२ किलो चरेशसहित २ जना पक्राउ

- March 22, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्सा   : वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेश करिब १२ किलो २ सय ४० ग्रामसहित भारत बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!