गृहमन्त्री लामिछाने सहित अन्यलाई कारबाही गर्न सहकारीका पीडितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

- March 17, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरूले आफुहरुलाई सरकारमा रहेका व्यक्ती सहित उनी निटक व्यक्तीबाट पीडित बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । आइतबार उनीहरूले प्रधानमन्त्री दाहाललालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ५५ करोड रुपैयाँ हिनामिना भएको र सो हिनामिनामा गृहमन्त्री रबी
लामिछाने, उनकै पाटनर जीवि राई लगायत अन्यको मिलिमतोमा सो कार्य गरेको भन्दै छानविन गरि कारबाही गर्न समेत माग गरेका छन ।

पीडितहरूले समस्या देखिएको १ वर्ष ८ महिनासम्म सरकारले कुनै पनि समाधानको उपाय नदिएको र बचत कर्तालाई रकम समेत फिर्ता नभएको गुनासो गरे । प्रहरीलाई दिएको जाहेरीमा खुलेको बिगो रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ भए पनि महानगरले बनाएको विज्ञको प्रतिवेदनअनुसार ठगिएको रकम एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ रहेको थापाले बताए ।

‘यत्तिका समयसम्म पीडितहरूको पिरमर्का र माग प्रति उचित सुनुवाइ भएको छैन । सरकार मौन र व्यस्त छ । हाम्रो पीडा जस्ताको त्यस्तै छ,’ उनीहरूले भने, ‘संस्थासँग जोडिएका पीडित पोखरेली जनताको घरमा चुलो बलेको छैन, छोराछोरीको फिस तिर्न नसक्दा परीक्षा बाट वञ्चित हुनु परेको छ ।

परिवारमा सम्बन्ध विच्छेद सम्म हुन थालेको छ ।’ गत साउन २१ गतेबाट सञ्चालक सहित गृहमन्त्री लामिछाने सहित अन्यका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सङ्गठित अपराध मुद्दामा जाहेरी परेको थियो । त्यस बेला १ हजार ३७ जनाले जाहेरी दिए ।

प्रहरीले १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । हालसम्म ५ जना पक्राउ परेका छन् । सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले पीडकहरू सुरक्षित बसिरहेको भन्दै तत्काल पक्राउ र कारबाहीको माग गरे । ‘एक जना जीवी राई भन्ने व्यक्ति राज्य व्यवस्थाको चुनौती बनेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!