`पाहुना डाकेर गाली गर्नु अलि सुहाएन नी´ : अर्थमन्त्री पुन

- March 17, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पाहुना डाकेर सार्वजनिक रूपमा गाली गर्नु हाम्राे समाजमा पाच्य नभहुने बताएका छन् । अर्थमन्त्री पुनले आईतबार नागरिक लगानी काेषकाे ३४ ओै वर्ष पूरा गरि ३५ वर्ष प्रबेश गरेकाे अबसरमा सम्बाेधन गर्ने क्रममा साे कुरा बताएका हुन ।

उनले सरकारि सेवा सुविधा लिने र भाषण गर्दा जय नेपाल र लाल सलाम भन्दै गाली गर्नु उपयुक्त नभएकाे बताए । माला लगाएर व्याज लगाएर गाली गर्नु मान्य हुदैन । मन्त्री पुनले भएका समस्या समधान गर्ने र साे कुरा कहाँ कति खेर भन्ने जानकारी कर्मचारीलाई जानकारी हुनु पर्ने बताए ।

साे कार्यक्रममा नेपाल वित्तिय कर्मचारी संघका अध्यक्ष अचुत्तम पाैडेलले सम्बाेधन गर्ने क्रममा माेओबाददेखि सरकारमाथी नै गभ्भीर आराेप लगाएपछि मन्त्री पुनले साे कुरा बताएका हुन । अर्थमन्त्री पुनले अर्थतन्त्र संकटमा नरहेपनि समस्या भने केही रहेको बताएका छन् ।

उनले अर्थतन्त्रलाई लिएर निराशा फैलाउने काम नगर्न पनि सवैमा आग्रह गरे । एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम (तरलतां) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको दाबी मन्त्री पुनको रहेको छ ।

उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नमा समेत आग्रह गरे । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहो¥याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए ।

लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताए । उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । अर्थमन्त्री पुनले भने,‘‘हामी समस्या भन्दा बाहिर त कहिले पनि हुँदैन, त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ ।

नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो । आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो ।

त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ ।’ अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धिकरण जरुरी छ, हामी आफैँले ठानेका छाँ । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धिकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!