ग्रील तथा स्टील व्यवसायीलाई एक दिने स्वास्थ सुरक्षा सम्बन्धी तालिम

- March 15, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौद्वारा सयुक्त रुपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिम सम्पन्न भएको छ । ग्रील व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटना बढेकाले सो न्यूनिकरण गर्न यस्तो तालिम उपयोगी हुने नेपाल घरेलु तथा साना उद्योग महासघका उपाध्यक्ष मोहन कटुवालले बताएका छन्।

ग्रील ब्यवसाय अन्य ब्यवसायभन्दा बढि जोखिम भएकोले यो तालिमले दुर्घटना न्युनिकरणमा मद्धत पुग्ने उनको भनाई रहेको छ । स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख अर्जुन सापकोटाले ग्रील ब्यवसायलाइ ब्यवस्थित गरि उत्पादकत्व बढाउन र जोखिम घटाउन यस तालिमले सहयोग पुग्ने भएकोले आगामी दिनहरुमा पनि ग्रील ब्यवसाय क्षेत्रमा स्वास्थ शिबिर र अभिमुखिकरण तालिम आयोजना गर्ने बताए ।

स्वास्थ सुरक्षा सम्बन्धी तालिमम सहभागीहरु

महासघका उपाध्यक्ष समसुदिन शेखले वातावरण मैत्री उद्योग सन्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए। कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ पुर्व क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठ पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीले तालिम ग्रील ब्यवसायिको लागि अतिनै उपयोगी रहेकोले यस्लाइ निरंतरता दिन आग्रह गरे। काठमाडौ जिल्ला भित्र रहेका जिल्ला क्षेत्र र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य ,ग्रील ब्यवसायी र श्रमिकको उपस्थिती रहेको थियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!