ढुसी परेको चामल नबेच्न सरकालाई उपभोक्ता मञ्चको माग

- March 15, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काडमाडौं । बिगतमा उपभोक्ता अधिकार दिवसकै दिनम सरकारकै स्वामित्वमा रहेको आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने काम गर्ने, खाद्य व्यापार कम्पनीले ढुसी परेको चामल पश्चिमेली नेपाली जनतालाई बेच्ने काम यस पटक भने नगर्न सरकारलाई राष्ट्रिय उपभोक्ता मञ्च नेपालले आग्रह गरेको छ ।

सो मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार तरकारीको मूल्य फेरे जस्तै सरकार फेरिने राजनैतिक दलका नेतृत्व बर्गले यस वर्षको दशैं तिहारमा तस्करहरुले ल्याएको चिनी चामलले आपूर्ति व्यवस्था सुदृढ भएको दावी सरकारबाट जसरी भयो त्यो आम उपभोक्ताको लागी लज्जाको बिषय भएको समेत बताएका छन् ।

उनले अन्तर मन्त्रालयको समन्वयको अभावमा आम उपभोक्ताले चिनी प्रति किलो १ सय ६० रुपैयाँमा किन्न बाध्य भएका छन् भने चामल प्रति बोरा ६ सय रुपैयाँसम्म बढि मूल्य तिरेर किन्नु पर्दा समेत अर्थमन्त्रीले आपूर्ति व्यवस्था सहज भएको घोषणा गरेको सुन्दा वाक्क लागेको बताएका छन् ।

अध्यक्ष महर्जनले आम नेपाली जनताले पुनः बिश्व उपभोक्ता अधिकार दिवसकै पूर्वसन्ध्यामा दलीय समिकरणमा परिवर्तन आई नयाँ गठबन्धनको सरकार बनेको पछि केही आशावादी भएको बताएपनि सरकारले उपभोक्तालाई फाईदा पुग्ने गरि नीति तथा कार्याक्रम ल्याउन माग गरेका छन् ।

उनले आगामी बर्षको बार्षिक बजेट तथा कार्यक्रममा उपभोक्ता अधिकार संरक्षणको लागी उपभोक्ता अदालतको व्यवस्था र उपभोक्ताको दैनिक जीवन सहज गर्नको लागी खाद्यान्न लगायतको सामाग्रीहरुको आपूर्ति व्यवस्था सहज गरी आफनो उपस्थिति देखाउन र स्वच्छ तथा प्रतिस्पर्धी बजार सार्वभौमक उपभोक्ताको अधिकार सुरक्षित गर्ने काममा ठोस कदम चाल्न आग्रह समेत गरेका छन ।

उनले एक पटक स्वच्छ र प्रतिस्पर्धी बजार सार्वभौम उपभोक्ता अधिकार भन्ने नेपाल सरकारको आव्हानलाइ सबै तह र तप्काले सफल बनाउन कृयाशील रहनेछ भन्ने अपेक्षा सहित बिश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा सबैमा पुनः शुभ कामना व्यक्त गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!