हिसावकिताब नै अन्योलमा पर्ने भएपछि जीवनदिप सहकारीको धन्दा छताछुल्ल

- March 15, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  मुलुकको अर्थतन्त्र डामाडोल तर्फ उन्मुख भइरहेको अबस्था छ । यसको ठुलो मार बैंकिंग क्षेत्रमा परेको छ । अझ भनौं  सहकारीहरु झन्झन् थलिने क्रममा रहेका छन् । केहि दिन अघिमात्र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। कुनै समय लालीगुराँस बहुउद्देश्यीय सहकारीको राष्ट्रियरुपमै असल सहकारी भन्दै चर्चा चुलिन्थ्यो ।

पछिल्लो समय सहकारीका आन्तरिक समस्याहरु छताछुल्ल हुने क्रममा इन्द्रचोकमा रहेको काठमाडौंको जीवनदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि समस्यामा परेको छ । अहिले उक्त सहकारीका शेयरधनी तथा निक्षेपकर्ताहरु चिन्तामा परेका छन् । सहकारीका अध्यक्ष छत्रबहादुर बस्नेत लगायतका पदाधिकारी लामो समयदेखि सम्पर्क बिहिन भएपछि शेयरधनी तथा निक्षेपकर्ताहरु थप चिन्तामा परेका हुन् ।

गोप्यरुपमा न्युरोड क्षेत्रका माडवारी ब्यवसायीहरुले गरेको करोडौं रुपियाको लगानि हिसावकिताब नै अन्योलमा पर्ने भएपछि जीवनदिप सहकारीको धन्दा छताछुल्ल बजारमा आउने क्रममा रहेको छ । आनन्द अग्रवाल,ओम अग्रवाल, आशिष अग्रवाल, राजेश अग्रवाललगायत धेरैको करोडौं रुपियाको स्रोतको खोजी समेत हुने गरि प्रश्न खडा भएको छ ।

जीवनदिप सहकारीले धेरैको जिवन त बर्वाद पार्यो नै केहि माडवारीहरुको अकुत सम्पति पनि स्वाह हुने पक्कापक्की भएको सहकारीलाई नजिकबाट नियाल्नेहरुले बताउन थालेका छन् ।

स्रोत देखाउन सकस हुने माडवारी ब्यवसायीहरु छटपटीमा रहेका छन् स्रोत भन्छ । उक्त सहकारीमा  माडवारी ब्यवसायीहरुको अरब भन्दा माथी रकम रहेको स्रोतले जनाएको छ । त्यसो त कतिपय निक्षेपकर्ताहरुको रगत पसिनाले आर्जेको जिवनको कमाई बर्वात हुने भएको हो।  सहकारीका अध्यक्ष बस्नेत सहित माथिल्लो दर्जाका हाकिमहरु सम्पर्क बिहिन अबस्थामा रहेपछि निक्षेपकर्ताहरु थाल खाउँकी भात खाउँको अबस्थामा रहेर पुर्पुरोमा हात लगाउन बाध्य रहेकाछन् ।

अध्यक्ष बस्नेतले आफन्त र नजिककालाई तत्कालिन समयमा मनखुशी ऋण प्रवाह गरेका कारण समस्या चुलिँदै गएको एक शेयरधनीले बताए । अहिलेको अवस्थामा न रकम फिर्ता दिइन्छ । न कर्जा बारे केहि सोच छ उनले भने । यस सम्बन्धमा यर्थाथ विवरणका लागि जीवनदिप सहकारीका एक उच्च कर्मचारी मधुसुदन पुरुष ढकाललाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

समस्यामा परेका संस्थाको अवस्थालाई विश्लेषण गर्ने हो भने उनीहरु पूँजी जम्मा गर्ने माध्यम मात्र सहकारीलाई बनाएको देखिन्छ । सहकारीमा जम्मा भएको  पूँजी कँहा कसरी लगानी भयो ? तत्थ्यसंगत तवरबाट जानकारी पाउने सकिँदैन् । सरोकारवाला निकायहरुले लेखाजोखा गरेको पनि पाईदैन । ‘सञ्चालकको मनोमानीले सहकारीमा समस्या आएको हो ।

आर्थिक मन्दीलाई मात्र दोष दिन मिल्दैन । सुरु सुरुमा काठमाडौं उपत्यका केन्द्रीत ठूला ठूला संस्थामा मात्रै समस्या आएको देखिए पनि पछिल्लो समय धेरै सहकारीमा समस्या बल्झिएको समाचार अभियान टाइम्समा उल्लेख छ । त्यसो त जीवन दिपले स्थानीय बजारमा विभिन्न प्रकारका सामाजिक कार्य गरेर स्थानीयहरुको मन जित्दै आएको थियो । त्यसैले पनि सो सहकारीमा निक्षेप जम्मा गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!