जीवनदिप सहकारी भित्र भाडभैलो मच्चियो

- March 15, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  ।  मुलुकको अर्थतन्त्र डामाडोल तर्फ उन्मुख भइरहेको अबस्था छ । यसको ठुलो मार बैंकिंग क्षेत्रमा परेको छ । अझ भनौं  सहकारीहरु झन्झन् थलिने क्रममा रहेका छन् । केहि दिन अघिमात्र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। कुनै समय लालीगुराँस बहुउद्देश्यीय सहकारीको राष्ट्रियरुपमै असल सहकारी भन्दै चर्चा चुलिन्थ्यो ।

पछिल्लो समय सहकारीका आन्तरिक समस्याहरु छताछुल्ल हुने क्रममा इन्द्रचोकमा रहेको काठमाडौंको जीवनदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि समस्यामा परेको छ । अहिले उक्त सहकारीका शेयरधनी तथा निक्षेपकर्ताहरु चिन्तामा परेका छन् । सहकारीका अध्यक्ष छत्रबहादुर बस्नेत लगायतका पदाधिकारी लामो समयदेखि सम्पर्क बिहिन भएपछि शेयरधनी तथा निक्षेपकर्ताहरु थप चिन्तामा परेका हुन् ।

गोप्यरुपमा न्युरोड क्षेत्रका माडवारी ब्यवसायीहरुले गरेको करोडौं रुपियाको लगानि हिसावकिताब नै अन्योलमा पर्ने भएपछि जीवनदिप सहकारीको धन्दा छताछुल्ल बजारमा आउने क्रममा रहेको छ । आनन्द अग्रवाल,ओम अग्रवाल, आशिष अग्रवाल, राजेश अग्रवाललगायत धेरैको करोडौं रुपियाको स्रोतको खोजी समेत हुने गरि प्रश्न खडा भएको छ । जीवनदिप सहकारीले धेरैको जिवन त बर्वाद पार्यो नै केहि माडवारीहरुको अकुत सम्पति पनि स्वाह हुने पक्कापक्की भएको सहकारीलाई नजिकबाट नियाल्नेहरुले बताउन थालेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!