फ्लोरिकल्चर एशोसिएसनको नारा एउटा काम अर्को : आयात प्रतिस्थापन गर्न असमर्थन

- March 11, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । फुलजन्य बस्तुको आयात रोक्ने र स्वदेशी उत्पादनले मागलाई पुराउने नारा दिदै विभिन्न कार्यक्रम गर्दै आएको फ्लोरिकल्चर एशोसिएसन नेपालको नारा अनुसार काम भने गर्न नसकेको पछिल्लो तथ्याङकबाट खुलेको छ । जतिनै आयात प्रतिस्थापन गर्ने भन्दै नारा दिएपनि माग अनुसारको फुलजन्य बस्तुको उत्पादन गर्न नसकेपछि आर्थिक वर्ष २०७९०/०८० मा पनि निर्यातभन्दा आयात अत्याधिक भएको पाईएको छ ।

प्राप्त विवरण अनुुसार आर्थिक वर्ष ०७९÷८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८ लाख १८ हजार रुपैयाँको भएको र आयात भने ३३ करोड ६ लाख ४८ हजार रुपैयाँको कारोबार भएको भन्सार विभागको तथ्याङ्कमा उलेख्ख छ । आ।र्थिक वर्ष २०७५/०७६ मा पुष्पको वार्षिक कारोबार २ अर्व ४२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/ ०७७ र आर्थिक वर्ष २०७७/०७८ मा र १ अर्ब ६३ करोड रुपैयाँको मात्र कारोबार भएको पाईएको छ ।

त्यसैगरि आर्थिक वर्ष २०७८/०८९ मा कोभिड १९ को असर देखाउदै केही कम हुँदा समग्र व्यवसायिक तथा आर्थिक क्षेत्रहरु केही चलायमान र सुधारउन्मुख हुँदा आव २०७७/०७८ को तुलानामा करिब ३० प्रतिशतले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई २ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको जनाएपनि यस आव ०७९/०८० मा ३ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएको सो सघले जनाएको छ।

यसैबीच, सो यही २०८० चैत १ गते ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ को समेत आयोजना गरेको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा सो एक्स्पो हुन लागेको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताएका छन् ।

अध्यक्ष तामाङका अनुसार पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि सो मेलाको आयोजना गरिएको बताइएको छ । मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ। एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने छन्।

विगत वर्षमा झै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन)  प्रतिस्पर्धा गराइने छ।

प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार पुष्प व्यवसाय गरिरहेका नर्सरी व्यवसायीहरुमध्ये एक जनालाई छनौट गरी कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रमसमेत रहेको छ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तीकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ। पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन्।

एक्स्पोलाई ५० हजार जनताले अवलोकन गर्ने तथा करिब एक करोडसम्मको व्यवसायिक कारोबार हुने संस्थाले अपेक्षा लिएको जनाएको छ। हाल देशभरका ४८ जिल्लामा करिव २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सिताराम पन्तका अनुसार एक्स्पोमा व्यवसायीक स्टल ६० वटा , ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने बताए ।

सो मेलामा आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगाएतको प्रदर्शनी तथा विक्री कक्ष रहने उनले जनाए । मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

सो मेलाकालागि प्रदेश सरकारले ३ लाख रुपैयाँ उपलव्ध गराएको छ । भने मेला प्रबेशकालागि सर्वसाधारणलाई १ सय ५० रुपैयाँ र विद्यार्थिकालागि १ सय रुपैयाँ टिकट राखेर रकम असुली गर्ने मेला आयोजकले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!