सिन्धु उद्योग बाणिज्य संघ : नीति उपर छलफल छैन, नेतृत्वमा तछाड् मछाड !

- March 9, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाह्रविसे (सिन्धुपाल्चोक) । आगामी चैत्र ९ देखी सुरु हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनको चहलपहल उत्कर्षमा पुगेको छ । नयाँ नेतृत्वका लागी हुने, अधिवेशनको चर्चाले उत्कर्ष पाउनु स्वभाविक नै हो । तर, एकातिर अध्यक्षका दावेदार चार जना कांग्रेस निकटकै व्यापारी हुनु र दोस्रो अहिलेसम्मका अध्यक्षहरुकोे कार्यकालमा उल्लेख्य काम हुन नसक्नु पनि भावी नेत्तृत्वमा को आउला र कस्तो कार्यकाल होला भन्ने विषयले चर्चा पाएको हो ।

उद्योग वाणिज्य संघको स्थापनाको उदेश्यभन्दा पनि सिन्धुमा अहिलेसम्म नेतृत्व चयन हुने र पदलाई देखाएर नीजि उन्नती बाहेक समग्र व्यापारी र उद्योगीको हितमा संघले कामनै गर्न नसकेको आरोप आजको मितिसम्म नेतृत्वमाथी लाग्दै आएको छ ।

सिन्धुको उद्योग वाणिज्य संघले जम्मा २५ सय उद्यमीको हितका खातिर उद्योग सञ्चालन गरेर काम गर्ने वातावरण तयार गर्नु पर्दथ्यो । संघ केबल तातोपानी–रसुवाबाट सामान क्यारिङ गर्ने व्यापारको हातवाट बाहिर नगएकै कारण सिन्धु उद्योग बाणिज्य सघमा आवद्ध तमाम उद्योगीहरुको हितमा संघले काम गर्न नसकेको गुनासो उद्यमीहरुकै छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वकालागि चार जना आकांक्षी 

संघले रसुवा र तातोपानी रुटबाट व्यापार गर्ने व्यापारको हितका खातिर भन्सार विभाग, राजश्व अनुसन्धान विभाग हुदै अर्थमन्त्रालयसम्म पुगेर लविङ्ग गर्न सक्नु पर्दथ्यो । तर, क्यारिङ व्यापारिकै हातमा अहिलेसम्मको नेतृत्व रहेकाले राज्यसँग ‘जोरी’ खोज्न आँट संघको नेतृत्वले देखाउन सकेन ।

त्यसको अलावा राजकुमार बस्नेतको नेतृत्वको संघले त झैन रिजल्ट देखाउन सकेन । ठेक्कापट्टादेखी क्षमादेवीका नामबाट राज्यसँग दर्जनौ ठाँउमा कामको लेनादेना भएकै कारण बस्नेतले उद्यमी तथा व्यापारिको हितमा राज्यसँग झगडाको त कुरै छाडौ मागपत्र समेत अगाडी सार्न सकेन ।

सिन्धु उद्योग वाणिज्य संघको नेतृत्वकोलागि अमृत कार्की, शम्भु तिमलसिना, बुद्धराज बस्नेत र सुमन खत्रीको चर्चामा छ । चर्चामा रहेका नाममध्ये खत्री आफै ‘रिकोना ब्राण्ड’ बाट व्यापार गर्दै आएका छन । उता कार्की, तिमसिना र बस्नेत चीनबाट सामान आयात गर्ने क्यारिङ वाला व्यापारी हुन ।

अध्यक्षका प्रत्याशी चारै जनाले निर्वाचित केन्द्रीत आफ्ना योजनलाई अगाडी बढाउने तयारी गरेपनि तातोपानी–रसुबाबाट सामान क्यारिङ गर्ने व्यापारीले राज्यलाई व्यापारीको पक्षमा दवाव दिन नसक्ने ठम्याङ आम मतदाताको छ । यसरी हेर्दा निर्वाचनको प्रत्यक्ष फाईदा सुमन खत्रीले पाउने देखिन्छ ।

हालका अध्यक्ष बस्नेतको समर्थन बुद्धराज बस्नेतलाई रहेको बताईएपनि काँग्रेसबाट माओबादी हुदै पुनः काँग्रेसमा आएका र पद भनेपछि स्कूलको अध्यक्षदेखि मेयरको प्रत्याशी हुदै उद्योग वाणिज्य संघसम्मा पनि आफैलाई चाहीने भएकाले बुद्धराज प्रति मतदाताको वितृष्णा छ ।

अर्का प्रत्याशी शम्भू तिमलसिना स्वयम बाह्रविसे नगरपालिका समितिको काँग्रेस सभापति भएकाले पुरापुर राजनीतिक व्यक्तिले एमाले, माओबादी, राप्रपालगायतको बिचार बोक्ने मतदाताको भाबना समेट्न नसक्ने बुझाई मतदातामा देखिन्छ । अर्कोतर्फ बुद्धराज र शम्भु उद्योगी–व्यवसायीभन्दा पनि ज्यादा राजनीतिक मानिस भएकाले एमाले–माओबादी विचार बोक्ने मतदाताले सहजै स्वीकार्न सक्ने देखिदैन ।

पुर्व अधिकाशं अध्यक्षहरुको लिगेशी, राज्यसंग समेत माग पत्र समेत दवाव नि सक्ने र तातोपानी–रसुवा क्यारिङभन्दा पनि आफै ब्राण्डमा व्यापार गरिहेका सुमन खत्री आम मतदाताको रोजाईमा पर्न सक्ने बुझाई मतदाताको रहेको छ । सालिन ठंगले प्रस्तुत हुदै आएका खत्रीले आफ्नो प्रतिपस्र्धी अन्य साथीहरुसंग भन्दा पनि काम गरेर देखाउने चुनौती रहेको बताउदै आएका छन् ।

खत्रीले भन्दै आएका छन्– व्यक्तीको सर्दभ सामान्य हो आजका मितिसमम वाणिज्य संघको नामबाट काम र उपलव्धिको सम्मान गर्दै आउदा दिनमा नीतिगत रुपमा धेरै काम गरेर देखाउन पर्नै चुनौती छ ।’ आम मतदातामा नेतृत्वले राम्रो काम गरेर देखाउन सकेन भन्ने नै परेको छ ।

त्यो कुरालाई चिरेर उद्योग वाणिज्य संघको नीति अनुसार बाह्रविसेमा मात्र नभै चौतारा र मेलम्ची समेतलाई समेटेर देखिने गरि काम गर्ने दायित्व अब हामीबीच आउदै छ । त्यो कार्यन्वयननै हाम्रो चुनौती रहेको खत्रीेले बताउदै आएका छन् । डामाडोल अर्थतन्त्र सुधार गर्न हामी उद्योगी सहयोगसिद्ध बन्नु पुर्व उद्यमीको हितका खातिर राज्यलाई दवाव दिन सक्दामात्र हामी निर्वाचित भएका अर्थ रहन्छ ।

म कसैको पनि टिप्पणी गर्न चाहन्न, कोही प्रति लक्षित टिप्पणी नगरि काम गर्ने दायित्वमा पुग्ने उद्योग वाणिज्य संघको वर्ग चरित्र अनुसार काम गर्ने आप्mनो लक्ष्य रहेको समेत व्यापारी माझ अध्यक्षका प्रत्याशी सुमन खत्रीले बताउदै आएका छन् । हुन पनि मतदाताको आरोप रहेको छ–आजका मितिसम्मका अध्यक्षले संघ र संघमा अबद्ध मतलाताकोभन्दा आफ्नो नीजि उन्नतीमा संघलाई प्रयोग गर्दै आए ।

त्यो बुझेका व्यापारीहरु अब कसैको सिण्डिकेट वा दवावभन्दा पनि कार्यायोजनाका आधारमा मतदान गर्न तम्तयार देखिन्छन । जसको प्रत्यक्ष बेनिफिट (फाईदा) खत्रीलाई जाने देखिन्छ । काम गर्ने सन्दर्भमा खत्री र अमृत कार्कीलगायत केही व्यापारीहरु आसालाग्दा व्यक्ती देखिएका छन् । उता कार्की भने अध्यक्षकै प्रत्याशी कार्की भने ब्लाक हर्स सुजको ब्राण्ड स्थापीत गर्दै काम गर्ने गर्दछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!