सरस्वती मावि ग्याल्थुम स्कुल बचाउ अभियानमा समाजसेवी सागरको पहलमा रकम हस्तान्तरण

- March 3, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ग्याल्थुम (सिन्धुपाल्चोक) गत वर्ष गएको मेलम्ची नदिको बाढीले हेलम्बुदेखि मेलम्चीसम्म गरेको कटानसंगै नदि तटिय क्षेत्रमा रहेका सयौ स्थानीय बासिन्दा घरबास विहिन हुन पुगे । आफ्नो घर खेत मेलम्चीमा आएको बाढीले कटान गरेर बगाएर लैजादा समेत खासै दुखित नभएका स्थानीय बासिन्दाहरु जव शिक्षाको धरोहरको रुपमा रहेको सरस्वती मावि ग्याल्थुम विद्यालयको भबन बगाएपछि आखाबाट आसु समेत झार्दै बचाउ अभियानमा उभिए ।

पहिला विद्यालय जोगाऔ अनी आफ्नो घर जोगाउला भन्दै विद्यालय बचाउ अभियानमा लागेसंगै अहिले सो अभियानमा धेरै मनकारी समाजसेवीहरु जोडिन आएका छन् । यसैक्रममा छिमेकी नगरपालिका मेलम्चीका स्थायी बासिन्दा समाजसेवी तथा शिक्षासेवी सागरकुमार श्रेष्ठ समेत आफ्नो करोडौको लगानीमा बसेको होटल सोही बाढीबाट क्षेति पुगी नोक्सानी सहदै विद्यालय बचाउ अभियानमा साथ दिन आई पुगेका छन् ।

No description available.
(फोटो साभार रेडियो मेलम्ची)

समाजसेवी युवा होटल व्यवसायीसमेत रहेका श्रेष्ठको पहलमा सरस्वती माध्यमिक विद्यालय संरक्षण गर्नु पर्छ भन्दो सो अभियानलाई साथ दिदै वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट ३ लाख ५१ हजार १ सय ११ रुपैयाा आर्थिक सहयोग आइतबार विद्यालय संरक्षण अभियानलाई हस्तान्तरण गरि फेरी उदाहरणीय काम गरि प्रमाणित गरेका छन् ।

२०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थीहरुको पहलमा सो अभियानमा सञ्चालन गरिएको छ । सोही अभियानलाई सफल बनाउन र विद्यालय जोगाउकालागि समाजसेवी श्रेष्ठकै पहलमा वकिङ नेपाली सेवा समाज युकेको निवर्तमान अध्यक्ष आशा राइले विद्यालयका पुर्वप्रधानाध्यापक हरिकुमार शर्मा र प्रधानअध्यापक कुमारप्रसाद घोरासैनी लगायतको सहभागीतामा सो रकम अभियानका पदाधिकारीलाई हस्तारतरण गरिएको हो ।

(फोटो साभार रेडियो मेलम्ची)

निवर्तमान अध्यक्ष राइले संस्थाले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताउदै आफुले यो रकममा ६७ हजार व्यक्तिगत सहयोग गरेको र केहि समय पछि थप १ लाख रुपैयाँ समेत सहयोग गर्ने प्रतिवद्धता जनाईन । पुर्व विद्याथी तथा अन्यबाट संकलित रकमबाट नदि नियन्त्रणका लागि प्राविधिक स्टमेट गराई विद्यालय अगाडि पक्की वाल लगाईने पुर्व विद्यार्थी देवीलाल शर्मा लामिछानेले जानकारी दिएका थिए ।

शैक्षिक गुणस्तर सुधारको लागि पनि पुर्व विद्यार्थीहरु लगायत अन्यसंग समन्वय गरि काम गरिने पुर्व विद्यार्थी गंगानाथ भण्डारीले बताए । समाजसेवी श्रेष्ठले मेलम्चीमा आफ्नो अगुवाईमा बाढिबाट क्षति भएको स्थान तथा घरहरु सरसफाई एवं नदि नियन्त्रणका लागि कार्य गरेको स्मरण गर्दै यस विद्यालय र ग्याल्थुम बजार संरक्षणका लागि अझै पहल गर्ने प्रतिवद्धता जनाए ।

उउनले हेलम्बुको यस विद्यालय संरक्षणका लागि सहयोगको समन्वयका लागि युवा नेता विकल राई लगायतप्रति धन्यवाद दिए । सोही कार्यक्रममा पुर्व विद्यार्थी सागर लामिछाने (उमाकान्त) ले पनि यस अभियानकालागि ५, हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने बताए । साथै आवश्यक परेको जस्तोसुकै सामाजिक तथा भौतिक सहयोगको लागि सदावहार निश्वार्थ ढंगले उपस्थित हुने प्रतिबद्धता लामिछानेले गरे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!