स्वास्थ्यमन्त्री बस्नेतलाई राजीनामा दिन प्रधानमन्त्री दाहालको निर्देशन

- February 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । सत्ता र पैसाकोमात्र वकालत गर्दै आएका विवादीत नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिन निर्देशन दिएको समाचार प्राप्त भएको छ ।

मन्त्रीको जिम्मेवारी लिएदेखि विवादमा मुछिएका र भ्रष्टाचारको आरोप लागेकाले सो विषयमा अनुसन्धान गर्न बाटो खुला गरिदिन आग्रह गर्दै पदबाट राजीनामा दिन प्रधानमन्त्री दाहाले निर्देशन दिएको माओबादी केन्द्रका एक साँसदले नाम सार्वजनिक नगर्ने गरि बताएका हुन । चौतर्फी रुपमा मन्त्री बस्नेतको राजीनामा माग्न थालेपछि प्रधामन्त्री दाहाल समेत चर्को दवावमा परेका छन् ।

मन्त्री बस्नेतलाई संसददेखि सडकसम्मबाट अनियमितता र भ्रष्ट्राचार जस्तो गम्भीर मुद्दा लागेको ३ अर्ब रुपैयाँ सरकारी ढुकुटीको रकम अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिई रहेको व्यक्ती मन्त्री पदमा बसी रहन नमिल्ने भन्दै अधिकाशं साँसदहरुले सो पदबाट तत्काल हटाउन माग गर्दै आएका छन् ।

मन्त्री बस्नेत मन्त्री भएदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्री बस्नेतलाई पदबाट हटाउनु पर्ने माग राख्दै आएकी छिन् । साँसद कार्कीले संसदमा बोल्ने क्रममा हुँदै नभएको आधारभूत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौँको कमिसनको चलखेल गरिरहेकाका मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर रहेको छ ।

संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा पनि साँसद कार्कीले उनले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको बताएकी छिन् ।

मन्त्री बस्नेत यि बाहेक तत्कालिन सञ्चारमन्त्री भएको समयमा टेरामेक्स प्रविधि भित्राउने नाममा ३ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन मन्त्री बनाएको भनी पटकपटक प्रश्न समेत गर्दै आएकी छिन् । उनले कानुन विपरीत कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका बिरामीहरूको उपचारमा समेत समस्या ल्याउने काम गरेकाले तत्काल हटाउन माग गरिएको आरोप समेत लगाइन् ।

यसरी भ्रष्ट्राचारमा मुछिएर अख्तियारले अनुसन्धान गरि बयान समेत दिन बोलाएको व्यक्तीलाई पदबाट हटाएर निपष्क्ष रुपमा अनुसन्धान गरि कारबाही माग संसदमा साँसदहरुले राखेपछि सो पदबाट हट्न प्रधानमन्त्री दाहाले निर्देशन दिएको स्रोतको दाबी रहेको छ ।

उता सो मन्त्री पदबाट हटाउने विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने आलटाँल गर्दै आएको माओबादी केन्द्रका साँसदले बताएका छन् । देउवाले भन्दा पनि देउवा पत्नी आरजु राणा देउवाको दवावमा बस्नतलाई सो मन्त्रालयमा नियुक्त गरेको चर्चा समेत बुढानिलकण्ठ क्षेत्रमा चर्चा चलि रहेको छ । माओबादी केन्द्रका साँसदका अनुसार मन्त्री बस्नेतले पदबाट राजीनामा नदिएको खण्डमा गठबन्धनमा समेत असर पर्ने बताएका छन् ।

मन्त्री बस्नेतलाई टेरामक्सको अर्बौ रुपैयाँको घोटलागायत वीर अस्पतालको बिरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजा कटौती, तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको भन्दै राजीनामा माग गर्दै आएका छ । देश तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको एमालेको निष्कर्ष छ ।

एमालेले सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका, बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्पाला निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहनु र सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको भन्दै दोषीहरुलाई तत्काल पदबाट हटाउन माग गरिदै आएको छ ।

एमालेका साँसदका अनुसार पञ्चायतकालदेखि आजसम्मको नेपालको राजनीतिक इतिहासमा अख्तियारले बयान लिन बोलाएपछि कुनै पनि मन्त्री पदमा बस्दैन । झन्डा हल्लाउँदै मन्त्री बयान दिन जाने दुर्दशापूर्ण दृश्य यसैपालि देखियो यो इतिहाँसकै व्यज्जोत भएकाले विवादीत मन्त्रीहरुलाई पदबाट हटाउन माग गरिदै आएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका मन्त्रीलाई घर पठाउन माग गरेका छन् । महासमिति बैठकमा महामन्त्री तथा साँसद थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतलाई लक्षित गर्दै यस्तो बताएका थिए । साँसद थापाले भने,‘ काम गर्न नसक्नेलाई विश्राम दिउँ । दाग लागेको मन्त्रीलाई घर पठाउँ ।’

यसरी चौतर्फी रुपमा विरोध र भ्रष्ट्राचारको आरोप लागेका मन्त्री बस्नेत भने सँसदमा प्रमाण सहित सत्य बोल्ने भन्दा पनि संसद परिसरमा पत्रकारमाथी जाईलाग्दै प्रतिबाद गर्दै आएका छन् । संसद् बैठकपछि सो प्रकरणबारे जिज्ञासा राख्दा बस्नेत आक्रोशित हुँदै ‘तपाईं कहाँको पत्रकार हो ?’ भन्दै प्रतिप्रश्न समेत गरेका हुन् । पत्रकारहरूले सो प्रकरणमा मुछिएका तपाईंले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भन्दै जिज्ञासा राखेका थिए ।

मन्त्री बस्नेत भने ‘केको नैतिकता रु’ भन्दै पत्रकारमाथि खनिए । ‘कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ?,’ मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसद्मा आफ्नो राजीनामा माग गरेर ‘पुङ न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको बताउदै आफ्नो बचाउ गरेका थिए भने प्रश्न गर्ने पत्रकारमाथी आक्रमण नै गर्ने गरि झम्टीएका थिए ।

र यो पनि…

ह्याम्स अस्पलातमा स्वास्थ्यमन्त्री बस्नेतको अबैध सम्बन्ध : खरिदको टेण्डर कमिशनमा डिल

सरकारी अस्पतालमा मन्त्री बस्नेतको मनोमानी : प्रधानमन्त्री दाहालले हटाउँलान् ?

स्वास्थ्यमन्त्रीमा बस्नेत नियुक्त भएसंगै मौलायो लुट : सरकारीमा सुविधा कटाउदै नीजिलाई पोस्दै

सरकारले टेरामक्स घोटाला काण्डमा मुछिएका बस्नेत, कार्की र अर्याललाई उन्मुक्ति दिने तयारी

स्वास्थ्यमन्त्री बस्नेतद्वारा तीन अर्ब भ्रष्टाचार : मुद्दा दायर गरिदै, अख्तियारलाई धम्काउदै मन्त्री

स्वास्थ्यमन्त्री बस्नेत माफियाको नाईके हुन : डा केसीले

स्वास्थ्यमन्त्री बस्नेत र प्रदेशबनमन्त्री खड्काको अबैधधन्दा : सिटी किन्न लक्ड खरिदको नौ करोडको कमिसन खल्तीमा

स्वास्थ्यमन्त्री बस्नेतले ४ लाख रुपैयाँ लिएर वीरमा गरे नियुक्ती : अख्तियारमा उजुरी ( सूचीसहित)

स्वास्थ्यमन्त्री बस्नेतको अबैधधन्दा : आफ्ना नियुक्त गर्न २२१ जना हटाएर ६३ जना थप्दै

स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट

पैसाकालागि ऐन लत्याउदै स्वास्थ्यमन्त्री मन्त्री बस्नेत : परिषद्को अध्यक्षमा ‘अयोग्य’ व्यक्ति नियुक्त गर्दै

स्वास्थ्यमन्त्री बस्नेत नै थिए टेरामक्स अनियमितता खरिदको सुरुवातकर्ता : ३ अर्ब रुपैयाँको घोटला

स्वास्थ्यमन्त्री बस्नेतको खल्तीमा नौ करोड कमिसनको थैली : भान्जा देखाउदै सरकारी ढुकुटी रित्ताउनमा तल्लिन

स्वास्थ्यमन्त्री बस्नेतलाई सर्वोच्चको झड्का : वीरका बिरामीको खाना खाजाको बजेट कटौती नगर्न आदेश

सरकारले टेरामक्स घोटाला काण्डमा मुछिएका बस्नेत, कार्की र अर्याललाई उन्मुक्ति दिने तयारी

स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!