जनताको अपेक्षाको सम्बोधन संसदबाट गरिनुको विकल्प छैन : मन्त्री चित्राकार

- February 28, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता तथा उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्राकारले जनताको सवै अपेक्षा संसदबाट सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन् । उनले सदन जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने ठाउँ भएकाले संसद्को गरिमा मर्यादा आफैले राख्नु पर्नेमा समेत जोड दिएका छन् ।

मन्त्री चित्रकारले कानुन निर्माणका एकताबद्ध हुनुपर्ने थलो संसदमा समेत राजनैतिक हस्तक्षेप हुन दुखत विषय भएको बताए । जनताका लागि ल्याउने कार्यक्रम योजना ल्याउँदा अवस्था परिवेशलाई ध्यान दिनुपर्ने उनले बताए । प्रदेशबाट जनताले धेरै अपेक्षा गरेकोले प्रदेश सरकार र संसद्ले गम्भीर रुपमा ग्रहण गर्न आवश्यक रहेको उनले बताए । उनले सहमति सहकार्यले जनतालाई उत्साहित गर्ने र वर्तमान व्यवस्था बलियो बनाउन भूमिका खेल्ने बताए ।

मन्त्री चित्रकारले सहमति र सहकार्यको विकल्प नरहेको पनि बताए । ‘प्रदेश सरकार स्पष्ट रुपममा जनताको पक्षमा रहेको छ । सरकार जिम्मेवार पूर्वक अघि बढिरहेको बताउदै विभाजित वा विखण्डित भएर विकासमा केन्द्रित हुनु वर्तमान आवश्यकता रहेको बताए ।

उनले संसद्ले राजनैतिक विषयमामात्र केन्द्रित भएमा जनता निराशा ह्ुने भएकाले व्यवस्थालाई दिगो बनाउन एकताबद्ध भएर अघि बढ्न समेत सवैमा आग्रह गरे । सरकार र प्रतिपक्षबिच विगतमा केही सहमति भएको भन्दै मन्त्री चित्रकारले त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए ।

जनताको समस्या किनार लगाउन सबै दलहरु मिल्न आवश्यक रहेको उनको भनाई छ । जनताको स्वास्थ्य, रोजगार उद्योगको विषयमा कार्य गर्न आवश्यक रहेको उनले बताए । सदनको अंगको रुपमा संसदीय समितिको सभापति चयन गर्न नसकेको, सभापति चयनका विषयमा दलहरुबिच सहमति गरेर अघि बढ्नु पर्ने उनले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!