ह्याम्स अस्पलातमा स्वास्थ्यमन्त्री बस्नेतको अबैध सम्बन्ध : खरिदको टेण्डर कमिशनमा डिल

- February 25, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको अबैध समबन्ध अहिले ह्याम्स अस्पतालको भण्डारी दाजुभाईसंग रहेको पछिल्ला गतिविधिबाट प्रष्ट भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही खटपट परेको ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी अर्थात आर एस भण्डारीलाई पछिल्लो समयमा अस्पतालका सामान खरिदमा भाग दिएपछि विलियो सम्बन्ध समेत हुन पुगेको थियो ।

बस्नेतकै गृहजिल्ला र गृह क्षेत्रका भण्डारीसंगको भित्रि अबैध साँठगाँठ गरेर अहिले आर एस भण्डारीकै भाई यज्ञ भण्डारीलाई अस्पतालनै नबनेको स्थानको समेत स्वास्थ्य सामाग्री खरिद गर्ने टेन्डर को कसलाई कति कमिशनमा दिने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी मन्त्री बस्नेतले दिएर सो टेण्डरको जिम्मेवारीको गोप्य रुपमा उनलाई दिएको छ ।

भने उनै यज्ञले सिफारिस गरेको कम्पनीलाई खरिदको जिम्मेवारी दिने समेत गरिएको छ । यसरी टेण्डर दिएपछि भण्डारीकै मातहत मन्त्री बस्नेतको क्याविनमा ४५ प्रतिशतसम्मको कमशिनको थैली पु¥याउने गरेको स्वास्थ्यमन्त्रालयका एक अधिकृतले गोप्य रुपमा बताएका छन ।

काँग्रेस सभापति शेरबहादुर देउवाको धर्मपत्नी साँसद आरजु राणा देउवाको प्रियपात्र भएका बस्नेतलाई आरजुकै दवावमा गत वर्षको वैशाख २० गते स्वास्थ्यमन्त्रीमा नियुक्त गरिएको थियो । सो पदमा नियुक्त भएदेखिनै उनले विद्यमान कानुन र ऐनलाई लत्याउदै आफुखुशी कार्य गर्दै आएको पछिल्ला गतिविधिले देखाएको छ ।

उनी मन्त्रीमा नियुक्त भएदेखिनै ऐन कानुनमै नभएको पद सृजना गरेर योग्यता विहिन व्यक्तीलाई प्रेस सल्लाहाकार र विशेष सल्लाहाकार नियुक्त गर्नेदेखि कमिशनमा आफु निटक व्यापारीलाई स्वास्थ्य सामाग्री खरिदको टेण्डर दिने जस्ता गैरकानुनी कार्य गर्दै आएको प्रमाण क्राईम नेपाल मिडिया लाई प्राप्त भएको छ ।

उनी मन्त्रीमा नियुक्त भएपछि अर्थात गत साउन एक गतेबाट मन्त्रालय अन्तर्गतको निकायले निकालेको टेण्डरमा मन्त्री बस्नेतले उनकै गृह जिल्ला अर्थात गृह जिल्ला सिन्धुपाल्चोककै विवादीत सर्जिकल व्यापारीलाई सामान खरिदको टेण्डर दिदै न्यूनतम २० देखि ४५ प्रतिशतसम्मको कमिशन असुली गर्दै आएको आरोप स्वास्थ्य मन्त्रालयका अधिकृतहरुले बताएका छन् ।

नाम गोप्य राख्ने सर्तमा स्वास्थ्य मन्त्रालयका एक अधिकृतले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०र८१ को साउनयताका ४ महिनामा २ अर्ब ५० करोड ६६ लाख रुपैयाँ बराबरको मेसिन, उपकरण, औजार तथा स्वास्थ्य सामग्री खरिदकालागि टेण्डर गरेको र सो टेण्डरमा अधिकाशं खरिदको जिम्मेवारी हेम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी अर्थात आरएस भण्डारीका भाई यज्ञ भण्डारीमार्फत खरिद गरिदै आएका छन् ।

मन्त्री बस्नेतले कमिशनकैलागि अस्पताल नै नबनेको तर बनाउने तयारी गरि रहेकै अबस्थामा पनि स्वास्थ्य सामाग्री उनै भण्डारी मार्फत खरिद गरेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताएका छन् । अहिले स्वास्थ्य मन्त्रालयमा हेम्स अस्पतालकको हालिमुहाली भएको समेत कर्मचारीहरुको भनाई रहेको छ ।

खरिद प्रक्रियामा स्वास्थ्यमन्त्री बस्नेतदेखि, स्वास्थ्य सचिव डा रोशन पोख्रेल, विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माको सहभागीतामा सो अबैधधन्दा नै चलाएको बताइएको छ । मन्त्री बस्नेत मन्त्रालयको नेतृत्वमा आएपछि खरिदमा यज्ञ भण्डारी, अक्कलबहादुर भण्डारी र आरएस भण्डारी हावी भएका छन् ।

उनीहरू मन्त्री बस्नेतकै कार्यकर्ता हुन । उनीहरुसंगै मिलेल हेम्स अस्पतालमा मन्त्री बस्नेतको समेत स्रोत नखुलेको करोडौ रुपैयाँ लगानी रहेको बताइएको छ । यी सबैको सम्बन्ध बागमती प्रदेशकी बनमन्त्री मसिना खड्का भण्डारीसँग रहेको छ । एकै व्यक्ती र फर्मलाई टेण्डर दिदा अबैधधन्दाको कुरो बाहिर आउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेतको चासो हुने भएकाले उनीहरुको अलवा विशाल पण्डित, पोष्टराज ज्ञवाली, सुन्दर भुषाल, मकुन्द गौतम, विमल उप्रेती लगायतका आपूर्तीकर्ताहरू मार्फत पनि स्वास्थ्य सामाग्री खरिद गर्ने गरेको कागजात समेत तयार गरिएको बताइएको छ ।

उनीहरु पनि भण्डारी समुहबाटै परिचालित व्यक्ती भएको र यसकोे संयोजन यज्ञ भण्डारीले गर्दै आएको बताइएको छ । खरिदमा विशेष चासो राख्ने रोशन पोख्रेल पहिलादेखि नै मन्त्रालयको सचिवका रुपमा कार्यरत रहेका छन् । उनी स्वास्थ्यमन्त्री बस्नेत आउनु अगाडिबाटै मिलेमतोमा स्वास्थ्य सामाग्री खरिदमा जोडिदै आएका विवादीत कर्मचारी हुन । खरिदमा महत्वपूर्ण भूमिका रहेने स्वास्थ्य सेवा विभागमा महानिर्देशकका रुपमा मन्त्री बस्नेतले डा। संगीतालाई मन्त्रालयको अतिरिक्त सचिवबाट सरुवा गरेर लगेका व्यक्ती हुन । व्यवस्थापन महाशाखाका निर्देशक डा। सर्वेश शर्मा त्यहीको प्रमुख भएर कार्यरत छन् ।

व्यवस्थापन महाशाखा अन्तर्गत रहेको खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरासिया टेण्डर कार्यमा अबैध रुपमा सेटिङ मिलाने खेलाडिको रुपमा चिनिदै आएका व्यक्ति हुन । कमिशन र कागजता तयार गर्न मास्टर माईन लगाउने उनीहरुलाई मन्त्री बस्नेतले सरूवा नगरि कमिशन बुझेर सम्बन्धित निकायमा पुर्‍याउने कार्य समेत यिनै कर्मचारीहरुले गर्ने गरेको आरोप लागेको छ ।

मिलेमतोमा निश्चित कम्पनीका मेसिन तथा स्वास्थ्य सामग्रीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर टेण्डर आबाहन गरेपछि सो को छानविनको माग राख्दै सतर्कता केन्द्रमा उजुरी परेपनि सो केन्द्रमा मन्त्री बस्नेतले आफु अनुकुल हुने गरि छानविन गर्न समेत दवाब दिएको आरोप लागेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखालाई खरिदका लागि पाँच अर्ब ५० करोड रुपैयाँको बजेट रहेको र सो बजेट जतिसक्दो चाडो सक्ने गरि मन्त्री बस्नेतले गैरकानुनी तबरबाट समेत टेण्डर आबाहन गर्न निर्देशन दिएको समेत बताइएको छ ।

विभागको व्यवस्थापन महाशाखाले २०८० असोज तीन गते बुधबार दुई सय वटा पोर्टेबल युएसजी मेसिन ९अल्ट्रसाउण्ड मेसिन० ३० करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो । त्यसैगरी कात्तिक १९ गते सम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेण्डर खुल्ने मिति तोकिएको थियो ।

सतर्कता केन्द्रको छानबिन प्रक्रियामा रहेकाले अल्ट्रासाउण्डको खरिद प्रक्रिया रोकिएको छ । सतर्कता केन्द्रले दिने निर्देशनपछि मात्रै यो खरिद प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय हुने बताइएको छ । यि सामान खरिद गर्न म्याक्स मेडिटेकसहित चार वटाले टेण्डर हालेको विवरण स्वास्थ्य मन्त्रालयमा रेकर्ड छ ।

यसमा सिन्धु सर्जिकल, हस्पिटेक र लुम्बिनी हेल्थ केयरले पनि टेण्डर हालेका थिए । यो जिइको उत्पादनलाई टेण्डर पार्नेगरी म्याक्ससँग सेटिङ भएको विश्वस्त स्रोतले बताएको छ । विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते आठ वटा मेमोग्राफी मेसिन १६ करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो ।

तर विभागले टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति गत कात्तिक ६ गते ९२३ अक्टोबर० बाट बढाएर मंसिर १७ गते ९३ डिसेम्बर० लाई तोकेको थियो । सोही दिनलाई टेण्डर खुल्ने मिति तोकेको थियो । सो सामाग्री खरिदमा पनि उनै यज्ञ भण्डारीले सुन्दर भुषालको कम्पनीलाई टेण्डर पार्न सहजीकरण गरेका थिए ।

यो मेसिन विश्व बैँकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो । त्यसैगरी व्यवस्थापन महाशाखा अन्तर्गतको खरिद शाखाका प्रमुख डा। सुरेन्द्र चौरासिया पनि यो खरिद बिक्रीमा संलग्न अर्का कर्मचारी हुन । उनको पनि खरिदमा जिम्मेवारी त्यतिकै हुने गर्दछ । खरिदमा स्वास्थ्य मन्त्री र सचिवको उत्तिकै सहभागिता हुने गर्दछ । सो कार्यमा मन्त्री र सचिबले नमानेको खण्डमा खरिद प्रकृया रोकिने गर्छ ।

त्यसैगरी खरिद हुने सामग्रीको प्राविधिक स्पेशिफिकेशन बनाउने बायोमेडिकल इन्जिनियरको भूमिका हुने गर्छ । ति इन्जिनियरले नै कसलाई टेण्डर पार्ने भन्ने विषयमा महत्वपूर्ण भुमीका खेल्ने गर्दछ । यसरी सेटिङ मिलाएर गरिएको टेण्डरबाट खरिदमा ७ प्रतिशतदेखि ४५ प्रतिशतसम्म कमिशन असुली गरेर टेण्डर दिदै आएको छ । मन्त्रालयको नेतृत्वसम्मै जोडिएको विषयमा सेटिङ गरेर २० प्रतिशतदेखि ४५ प्रतिशत कमिशन मन्त्रीको निर्देशनमा हुने गरेको आरोप समेत कर्मचारीहरुले लगाएका छन् ।

यसैबीच, स्वास्थ्य मन्त्री बस्नेत तत्कालिन सूचनामन्त्री भएको समयमा गरिएको टेरामक्स खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा रहेको र सो अनुसन्धानबाट उनी दोषी ठहर हुने देखिएपछि मुद्दा अदालत पुग्नु अगाडि स्वास्थ्य मन्त्रालयको खरिद बजेट सक्काउने हतारो गर्दे आएका छन् ।

उनी सञ्चारमन्त्री भएको बेलामा सुरु भएको टेरामक्स खरिद प्रकरणमा अख्तियारले उनीलाई मुद्दा दर्ता गर्ने चरण पुगिसकेको छ । अख्तियारले मुद्दा लैजानु अगाडि नै स्वास्थ्य मन्त्रालयमा रहेको सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट खरिद सामान किन्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाबाट खरिद प्रक्रिया सक्काउन निकै हतारमा रहेको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् ।

मन्त्री बस्नेतको निर्देशनमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले फागुन ६ गते आइतबार एकै दिनमा १४ करोड ४० लाखको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गरि सकेको छ । गत आइतबार एकै दिन ६ करोड ८० लाखको ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ र सात करोड ६० लाखमा नाक, कान, घाँटीको सर्जरीका लागि आवश्यक सामग्री खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ ।

महाशाखाले २०८० फागुन ६ गते आइतबार दुई वटा ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ ६ करोड ८० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ । यसरी हतारमा प्रकाशन गरिएको टेण्डरको सूचनामा पटक–पटक गलत लेखिएको भेटिएको छ । टेन्डर कागजातमा यो सामग्री खरिदसम्बन्धी आधिकारिक सम्पर्क व्यक्ति डा थापालाई नै तोकिएको छ ।

फागुन २४ गते (मार्च ७, २०२४) लाई तोकिएको छ भने चैत ६ गते (मार्च १९, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ । टेन्डर खुल्ने मिति पनि सोही दिन तोकिएको छ । चैत चार गते ९मार्च १७, २०२४०सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोक्दै टेन्डर समेत सोही दिन खोल्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयबाट जति पनि टेन्डर निश्चित कम्पनीलाई मात्रै दिने गरी स्पेशिफिकेशन नै लक्ड गरेर दिदै आएको छ । टेन्डरमा स्वास्थ्य सेवा विभागको स्पेशिफिकेशन बंैंकमा रहेको स्पेशिफिकेशन प्रयोग गर्ने गरेको आवरणमा विभागमा बायो मेडिकल इन्जिनिरहरुलाई समेत मिलेमतोमा सरकारी खरिदमा चरम अनियमितता गर्दै आएको छ । यो कार्यमा मन्त्री बस्नेतको प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ ।

अधिकाशं टेण्डरमा मन्त्री बस्नेतकै सहमतिमा आफू अनुकूलको खरिद टिम, निश्चित सप्लार्यसलाई ठेक्का दिने समेत गरिएको छ । मन्त्री बस्नेतले स्वास्थ्य उपकरण लगायतका सामान खरिद गर्ने जिम्मेवार निकायमा आफू अनुकूल कर्मचारी समेत राखेका छन् ।

सो कार्यमा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा। संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशकमा वीरमा रहेका डा। श्रवण थापा, महाशाखाका खरिद शाखामा अख्तियारमै दर्जनबढि उजुरीमा छानबिनमा रहेका डा। सुरेन्द्र चौरासियालाई जिम्मेवारी दिएका छन् ।

विभागले निकाल्ने टेन्डरमा सेटिङका लागि सिन्धु सर्जिकलका मालिक यज्ञ भण्डारीलाई भित्रि रुपमा जिम्मेवारी दिएको बताइएको छ । भने विभागको कुन टेन्डर कुन सप्लायर्सलाई दिने भन्ने पहिल्यै निश्चित गराएर सोही अनुसार प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर आव्हान गरिदै आएको छ ।

गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको टेन्डरमा एकछत्र कब्जा गरेका यज्ञ, बस्नेत स्वास्थ्यमन्त्री भएपछि विभागको टेन्डरको सेटिङ मिलाउने जिम्मेवारी मन्त्री बस्नेतले उनलाई दिएपछि मन्त्रालयमा उनको हालिमुहाली समेत बढ्दो रहेको छ । बस्नेत मन्त्री हुनु अगाडि अन्य सरकारी टेन्डरमा उनी निष्क्रिय रहेका थिए ।

नेपाली सेनाको स्वास्थ्य उपकरणमा समेत यज्ञ हाबी देखिन्छन् । भण्डारीको सिफारीसमा सप्लायर्सलाई टेन्डर दिलाउने गरिएको छ । यो समूहले एक उपकरण खरिदमा १० करोडसम्मको कमिसन रकम राख्ने गरेका छन् । भण्डारी समूह विभागमा मात्रै हैन बागमती प्रदेशको खरिदमा समेत हस्तक्षेप गर्दै आएका छन् ।

नुवाकोटको त्रिशूली अस्पतालले किन्न लागेको सिटी स्क्यान मेसिनको टेन्डरमा समेत यही समूह हाबी भएको थियो । अधिकांश खरिद टेन्डरमा मिलेमतो गरेर टेन्डरको जिम्मेवारी दिएपनि सो बारे सरकारले कुनै चासो दिएको छैन । यसरी सार्वजनिक खरिदमा हुनसक्ने बदमासी नियन्त्रण गर्ने जिम्मेवारी रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरू समेत सो विषयमा मौन बसेर कमिशन बुझ्दै आएको आरोप समेत लागेको छ ।

र यो पनि…

स्वास्थ्यमन्त्री बस्नेतद्वारा तीन अर्ब भ्रष्टाचार : मुद्दा दायर गरिदै, अख्तियारलाई धम्काउदै मन्त्री

स्वास्थ्यमन्त्री बस्नेतको खल्तीमा नौ करोड कमिसनको थैली : भान्जा देखाउदै सरकारी ढुकुटी रित्ताउनमा तल्लिन

सरकारले टेरामक्स घोटाला काण्डमा मुछिएका बस्नेत, कार्की र अर्याललाई उन्मुक्ति दिने तयारी

स्वास्थ्यमन्त्री बस्नेतलाई सर्वोच्चको झड्का : वीरका बिरामीको खाना खाजाको बजेट कटौती नगर्न आदेश

होला त स्वास्थ्यमन्त्री बस्नेतमाथी कारबाही ? टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

सरकारले टेरामक्स घोटाला काण्डमा मुछिएका बस्नेत, कार्की र अर्याललाई उन्मुक्ति दिने तयारी

स्वास्थ्यमन्त्री बस्नेत नै थिए टेरामक्स अनियमितता खरिदको सुरुवातकर्ता : ३ अर्ब रुपैयाँको घोटला

स्वास्थ्यमन्त्री बस्नेत नै थिए टेरामक्स अनियमितता खरिदको सुरुवातकर्ता : ३ अर्ब रुपैयाँको घोटला

स्वास्थ्यमन्त्री बस्नेत माफियाको नाईके हुन : डा केसीले

स्वास्थ्यमन्त्री बस्नेतले ४ लाख रुपैयाँ लिएर वीरमा गरे नियुक्ती : अख्तियारमा उजुरी ( सूचीसहित)

स्वास्थ्यमन्त्री बस्नेतको असली रुप : वीर अस्पतालमा आफ्नालाई जागिर खुवाउन पीएले उठाए प्रति व्यक्ती ४ लाख

स्वास्थ्यमन्त्री बस्नेतको अबैधधन्दा : आफ्ना नियुक्त गर्न २२१ जना हटाएर ६३ जना थप्दै

स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!