केपी ओली कपको सेमिफाइनलमा

- February 25, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ  । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । बिबेकले फ्री-किकबाट गोल गरेका थिए ।

अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ क्लब र केपी ओली एफसीबीचको विजेताले खेल्ने छ । सेमिफाइनल खेल फागुन १७ मा हुने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!