ग्याल्थुम स्कुल जोगाउन आर्थिक सहयोग संकलन सुरु : पुर्व विद्यार्थी र शिक्षकबाट रकम हस्तान्तरण (भिडियो सहित) 

- February 24, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेपछि पुर्व विद्यार्थीहरुले सो विद्यालय संरक्षण अभियान चलाएरसंग विद्यालय बचाउकालागि आर्थिक सहयोग संकलन सुरु गरिएको छ ।

गत वर्ष सो नदीमा आएको बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ ग्याल्थुममा रहेको सो विद्यालयको भौतिक संरचना बगाएपछि पुर्व विद्यर्थाीहरुको भेलाबाट विद्यालय संरक्षण गर्नकालागि स्थायी संरचना बनाएर विद्यालयलाई जोगाउने अभियानमा सो रकम संकलन गरिएको भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण थापाले बताएका छन् ।

नदिले विद्यालयको भबन बगाएपछि सो विद्यालय जोगाउनकालागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न उपाय खोजी गरि संरक्षण अभियान सुरु गरिएको थियो । २०८० फागुन १२ गते शनिबार काठमाडौंमा भएको सो विद्यालयका पुर्व विद्यार्थीहरुको भेलाबाट विद्यालय जोगाउनकालागि तीन वटै सरकारसंग समुन्वय गरि सरकारी मापदण्ड अनुसार पुर्व विद्यार्थीबाटै भौतिक संरचना बनाएर विद्यालयका साथै ग्याल्थुम बजार समेत जोगाउने अभियानमा एक जुट भई कार्य अगाडी बढाएको बताईएको छ ।

सरस्वती माबि संरक्षण अभियान २०८० को काठमाडौमा भएको भेलामा सहभागी विद्यालयका पुर्वप्रधानअध्यापक हरिकुमार शर्मा, पुर्वप्रधानअध्यापक तथा पुर्वविद्यार्थी भीमबहादुर कार्कीलगायत अधिकाशं पुर्व विद्यार्थीको भेलाबाट विद्यालय बचाउमा सकृय भएर आआफ्नो स्थानबाट सहयोग गर्न समेत आग्रह गरिएको छ ।

शनिबार भएको भेलामा आजसम्म सहयोग प्रदान गर्नेहरुको नाम समेत सार्वजनिक गरिएको छ । जसअनुसार पुर्वप्रधानअध्यापक हरिकुमार शर्माले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पुर्वविद्यार्थी देवीलाल शर्माले २५ हजार ५ सय २५, पुर्वविद्यार्थी दिलबहादुर थापाले २० हजार २ सय २०, पुर्वविद्यार्थी गगन थापाले ५ हजार रुपैयाँ, गंगा अर्याल १० हजार ५ सय १, राजेन्द्रकुमार शर्माले ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

सरस्वती मावि ग्याल्थुम स्कुल बचाउँ अभियान शुभारम्भ : तीन वटै सरकारी निकायसंग समन्वय गर्ने सहमति (भिडियो)

सरस्वती मावि संरक्षण अभियानमा जुटे पुर्वविद्यार्थी

मेलम्ची नदीको वितण्डा : शिक्षाको इतिहाँस बोकेको सरस्वती मावि ग्याल्थुमको पिलर बगायो

मेलम्ची नदीको वितण्डा : शिक्षाको इतिहाँस बोकेको सरस्वती मावि बाढीको चपेटामा

यसैगरी, दीपकबिक्रम देउजाले १० हजार ५ सय,  अप्सरा लामिछाने फुयाँलले ५५ हजार ५ सय ५५, बीरबहालदुर तामाङ व्लोनले १० हजारु ५ सय १, फुलमायाँ तामाङले ११ हजार १ सय ११, गंगानाथ भण्डारीले २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

यसैगरी, जीतबहादुर बस्नेतले १५ हजार, गोशर कार्कीले १० हजार ५ सय १, चन्द्रमायाँ दंगालले ५ हजार ५ सय १,  भरत कार्कीबाट १० हजार ५ सय १,      राेशन दंगालमार्फत एसएलसी व्याँचबाट ५२ हजार, फुरदोर्जे हेल्मो बाट १० हजार ५ सय १, नेत्रप्रसाद भट्टराईले १० हजार, धनञ्जय दुलालले १ लाख ११ हजार १ सय ११, भीमबहादुर कार्कीले ५० १ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

यसरी सो विद्यालय संरक्षण अभियान २०८० लाई पूर्ण रुपमा सफल बनाई विद्यालय जोगाउनकालागि विभिन्न व्यक्ती तथा संघसंसथाबाट समेत आर्थिक तथा भौतिक सहयोग उपलव्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। यसैगरी, सोही भेलाले पुर्व विद्यार्थी समाजको सल्लाहाकार समेत गठन गरेको छ । सो समितिको संयोजक डाक्टर रामहरि ढकाल र सदस्यहरुमा धनञ्जय दुलाल, लालबहादुर गीरि, सुकुलाल सुनार, सत्यलक्ष्मी श्रेष्ठ र विष्णु लामिछाने रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!