माधव प्याकुरेलको उपन्यास ‘गौना’ सार्वजनिक

- February 24, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । उपन्यासकार माधव प्याकुरेलको उपन्यास कृति ‘गौना’ सार्वजनिक गरिएको छ । आज शुक्रबार नेपाल बार एसोसिएसनको सभाहलमा आयोजित एक भव्य कार्यक्रमकाबीच सो उपन्यास कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रमका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि फुयाल, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, समालोचक डा. तुलसीप्रसाद गौतम, समालोचक डा. ज्ञानु अधिकारी लगायतले संयुक्त रुपमा सो कृतिको विमोचन गर्नुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!