माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

- February 23, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको माओवादीले जनाएको छ ।

नेताहरूको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि  स्थायी समिति बैठक बोलाइएको थियो ।

स्थगित बैठक अब आगामी आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!