तिम्रै लागि

- February 14, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कविता_ _

तिम्रै लागि

-इ.विजय कुमार थापा

🌹🌹🌹
भगवानको सबै भन्दा सुन्दर सृष्टि तिमी,
बयान गर्ने सामर्थ्य कहाँ !
सबैको सुख शान्तिको कामना गर्ने तिमी,
सस्कार छ तिम्रो जहाँ !

सफलताले चुमोस् हरेक पल तिम्रो हार सबै झुकोस् !
भरोसा मेरो अनी मेहनत तिम्रो नजर कसैको नलागोस् !!

धैर्यता तिम्रो गहना, सहनशिलताको कमी नहोस् !
अगाडी बढनु तिमी, यसरी नै आत्म बिस्वास सदा रहोस् !!


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!