क्यानडाविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

- February 12, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ  :  क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित  अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका छन् । यससँगै क्यानडाले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त  सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित  अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र  ललितनारायण राजवंशी छन् ।

क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!