भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी

- February 11, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कञ्चनपुर  : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन  बढ्दै गएकामा  चिन्ता व्यक्त गर्नुभएको छ ।

महेन्द्रनगरमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका आयोजित कार्यक्रममा उहाँले मुलुकभित्र ठूलो जिम्मेवारीमा रहेकाहरुले जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताउनुभयो ।

“वर्तमान अवस्था ठिक भए पनि भविष्यका लागि सुनिश्चित गरौँै भन्ने मनोविज्ञानले भ्रष्टाचार बढाउँछ ।”

प्रदेश प्रमुख जोशीले भन्नुभयो “यस्ता क्रियाकलापले झन् सम्बन्धित व्यक्तिको भविष्य बिग्रिने निश्चित छ । मानिसको सोच, संस्कार, व्यवहारसित नै भ्रष्टाचार निहित हुने गरेको छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेर प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

“भ्रष्टाचार र शुसासनका निम्ती कसैसित कुनैखाले सम्झौता हुँदैन, ” उहाँले भन्नुभयो “त्यसका लागि प्रदेश सरकार तपाईहरुसितै छ ।

मुलुकको शुसासन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्छ । “भ्रष्टचार र शुसासनका सन्र्दभमा विभिन्न कोणबाट कुरा उठिरहेका छन् ।”

मुख्यमन्त्री शाहले जोड दिनुभयो, “मुलुकको सम्मृद्धि र विकासमा समेत भ्रष्टाचार ठूलो बाधकका रुपमा छ ।”


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!