अमेरिकामा बसेर गीत लेखिरहेका नवराज

- February 8, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गण्डकी । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू भएको छ । उनले भने, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे हुर्के ।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिरेका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर गएको बताए ।

प्रवासिनुअगावै उनले लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’लगायत चर्चित गीतमा शब्द लेखेका थिए। विसं २०६८ मा सार्वजनिक उक्त गीत नै पन्तले लेखेको पहिलो गीत हो । यसमा वसन्त थापाले सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिएका थिइए । सोही ताका चर्चा कमाएको लोकदोहोरी गीत ‘मायालुको सहरमा’ पनि पन्तकै सिर्जना रहेको छ । वसन्त थापाको सङ्गीतमा गणेश पौडेल र पूर्णकला बिसीले गाएको उक्त गीतले पनि व्यावसायिक सफलता पायो ।

‘डाँडै फुर्के सल्लो’ र ‘मायालुको सहर’बाट भर्खर गीतकारका रूपमा उदाएका बेला परिस्थितिवश पन्तले देश छाड्नुप¥यो । पन्त, अमेरिका पुगेपछि पनि गीत सिर्जनाबाट भने टाढिएका छैनन् । विसं २०७५ जेठतिर पन्त बाल्टीमोरस्थित एक कम्पनीमा काम गर्दै आएका थिए । त्यही बेला गायक एवं सङ्गीतकार वसन्त थापाले पन्तसँग नयाँ गीत मागेको बताए । पन्त केहीबेर घोत्र्लिएर छिनभरमै फुर्‍यो ‘सालको पातको टपरी ।।।’

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फु¥यो । कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भभने,“कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी।।।’ को धुन तयार भएको थियो ।” पराइ भूमिमा बसेर लेखेको त्यही गीतले पन्तलाई गीतकारका रूपमा थप उचाइ दियो ।

गीतकार पन्तको शब्द रचना, सङ्गीतकार वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध उक्त गीत नेपाली लोकसङ्गीतमा इतिहास रच्न सफल गीत हो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको लोकदोहोरी गीतमा मानिन्छ । अहिलेसम्म उक्त गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा नौ करोड २० लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । प्रायः गीतमा रचनाकारबारे उतिसाह्रो चासो नलिने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीतवृत्तमा पनि उत्तिकै चर्चा चल्यो । उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर गरी तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!