विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी

- February 7, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् ।

दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!