को बन्ला नेपालमा ‘पूर्वाधार विकासका नायक’ ?

- February 6, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आधुनिक भारतको सडक सन्जालका ‘नायक’ नितिन गडकरी जसले एक दशकमा यति धेरै सडक निर्माण गरे जुन सन् २०२४ मा अमेरिकन कुल सडक सन्जाललाई उछिन्दै भारत अग्रस्थानमा हुनेछ । साच्चिकै लोभ लाग्दो सडक सन्जाल, फ्लाई ओभर, एक्सप्रेस हाईबे, ठुला ठुला पुल निर्माणले भारतभरि सडक दुरि कम गरेको छ नै, समय पनि आधा घटेको छ, यात्रा सजिलो भएको छ । तेलको पनि खपत आधा भएको छ, सडकहरु सुन्दर भएका छन् । यस्तै सडक बनाउने मन्त्री र नेतृत्व नेपालले खोजेको छ, ‘को होला ? नेपालमा ‘पूर्वाधार विकासका नायक’ ।
को हुन गडकरी ?
गडकरीको जन्म एक मराठी परिवारमा नागपुर, भारतमा २७ मई १९५७ मा भएको थियो । किशोरावस्थामा, उनको राजनीति भारतीय जनता पाटी निकट युवा मोर्चा र अखिल भारतीय विद्यार्थी परिषद बाट सुरु भएको हो । नागपुर विश्वविद्यालयबाट एलएलबी र एम. कम गरेका उनी भारतीय जनता पार्टीको सादरण सदस्य हुँदै रास्ट्रिय अध्यक्ष पुगेका नितिन गडकरी भारतीय जनता पार्टी (बीजेपी) सँग सम्बन्धित भारतीय राजनीतिज्ञ हुन् । उनले भारतीय राजनीतिमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका छन् । गडकरीले सडक यातायात र राजमार्ग मन्त्री, लघु, साना तथा मझौला उद्यम मन्त्रीको रूपमा काम गरिसकेका छन् र पूर्वाधार र विकास परियोजनाहरूमा संलग्न छन् ।
गडकरीको उल्लेखनीय उपलब्धिहरू मध्ये एक १९९५ देखि १९९९ सम्म महाराष्ट्र सरकारमा सार्वजनिक निर्माण मन्त्रीको रूपमा उनको कार्यकाल थियो । यस अवधिमा, उनले मुम्बई–पुणे एक्सप्रेसवे सहित धेरै पूर्वाधार विकास परियोजनाहरू प्रस्तुत गरे जसले दुई प्रमुख शहरहरू बीचको कनेक्टिभिटीमा क्रान्ति ल्यायो ।
गडकरीको मन्त्रालयले इस्टर्न पेरिफेरल एक्सप्रेसवे, दिल्ली–मेरठ एक्सप्रेसवे र बडोदरा–मुम्बई एक्सप्रेसवेको विकासलाई प्राथमिकता दिएको छ । देशको अन्तर्राष्ट्रिय सिमाना र तटीय क्षेत्रमा ५ हजार ५ सय किलोमिटर नयाँ सडक निर्माण गर्ने लक्ष्य रहेको भारतमाला आयोजनालाई पनि स्वीकृति दिइएको छ ।
हिमाली भूभागमा रहेका धार्मिक तथा पर्यटकीय केन्द्रहरूलाई जोड्न थप ६ हजार किलोमिटर सडक निर्माण हुने अपेक्षा गरिएको छ भने जिल्ला सदरमुकामलाई जोड्न राष्ट्रिय राजमार्ग निर्माण गरिनेछ ।
गडकरीले निजीकरणलाई दृढतापूर्वक समर्थन गरे जबकि उनले निजी फर्महरूबाट पूर्वाधारमा लगानीको लागि अभियान चलाए । उनले निजी लगानीकर्ता, ठेकेदार, निर्माण व्यवसायी र विभिन्न व्यापारिक संघसंस्थाबीचको बैठकलाई सम्बोधन गर्दै ठूला बजेटका आयोजनालाई निजीकरणतर्फ मोडे ।
दिल्ली–मुम्बई एक्सप्रेसवे १ हजार ३ सय ५० किमी लामो, ८–लेन चौडा (१२–लेनमा विस्तार गर्न सकिने) निर्माणाधीन एक्सप्रेसवे हो जसले भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीलाई यसको आर्थिक राजधानी मुम्बईसँग जोड्छ । भूमि अधिग्रहण लागत सहित कुल परियोजना मूल्य लगभग १ लाख करोड १३ दशमलव १ बिलियन) छ । यस एक्सप्रेसवेले १६ घन्टाको समयलाई ८ घन्टा लाग्ने भयो ।
राजमार्ग निर्माण २०१९ देखि २०२० मा प्रति दिन ३६ किमी थियो र गडकरीले २०२२–०२३ मा २५ हजार किलोमिटरको लक्ष्यको साथ प्रति दिन ६८ किलोमिटरमा लैजाने लक्ष्य राखेको छ ।
आत्मनिर्भर भारत हरित इन्धन अपनाउने र ईन्धनमा आत्मनिर्भरताको परिकल्पना अनुरूप गडकरीले हाइड्रोजनबाट चल्ने FCEV कारलाई बिकास गर्ने परियोजना बनाउदै छन् । मानिसहरूलाई हरियो इन्धन सवारी साधनहरू रोज्न आग्रह गरेका छन्, सन् २०३० सम्म २ करोड ईलेक्ट्रिकल सवारी साधन भारतीय सडकमा गुड्ने परिकल्पना गरेका छन् ।

‘को होला ? नेपालमा ‘पुर्बाधार बिकासका नायक’
विकासोन्मुख मुलुकको सुचिमा रहेको नेपालको पूर्वाधार विकासमा पनि फड्को मार्नु पर्ने आजको चुनौती बनेको छ । आधुनिक भारतको सडक सन्जालका ‘नायक’ गडकरी जस्तै नेपालको विकासको सवालमा पनि कुनै नायक आउनु पर्ने आम जनमानसको धारणा रहँदै आएको छ । को यस्ता नायक बन्न सक्छन् यो विषय भोलीका दिनमा इतिहासले मुल्यांकन गरेर पक्कै तय हुन्छ नै । नेपालमा पूर्वाधार विकासका नायक जन्मिने छन् र नेपालले एकाएक फड्को मारेको अवस्था पनि नआउला त भन्न सकिन्न । तथापि, पछिल्लो समय पूर्वाधार विकासको अवस्था र सरकारले पूर्वाधार विकासमा गरेको लगानी, भूक्तानीको अवस्था हेर्ने हो भने यस्ता नायकको तड्कारो आवश्यकता महसुश गर्न सकिन्छ । र छिटै कुनै नायक नजन्मने हो भने मुलुकको पूर्वाधार विकासको अवस्था कोमामा नपुग्ला भन्न सकिन्न ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!