क्यान महासंघद्वारा पत्रकारलाई उपहारको लोभ : अबैधधन्दा लुकाउन गैरकानुनी हर्कत !!!

- February 3, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । व्यवसायी र सरकारी कर्मचारीसंगको अबैध सेटिङमा करोडौ रुपैयाँको विद्युतिय सामाग्रीहरुको विनाभन्सार आयात गरेर अत्याधिक मंहगोमा बिक्री गर्दै आएका व्यापारीहरुले पत्रकारलाई उपहारको लोभ देखाउदै उनीहरुको अनियमतितालाई लेख्नबाट रोक्न हदैसम्मको हर्कत देखाएका छन् ।

यही माघ २५ देखि राजधानीमा आयोजना गरिन लागेको क्यान इन्फोटेक २०२४ को मेलामा उनीहरुको अबैध कारोबारको समाचार लुकाउदै तथाकथित तयार पारेका कथाहरुमात्र समाचार बनाई दिउन भन्ने आसा राखी निमन्त्रण पत्रमै पत्रकारलाई उपहारको समेत व्यवस्था गरिएको छ भन्दै लेखी पठाएका छन् ।

क्यानको २९ औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ को पुर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनको निमन्त्रण पत्रमा ‘नोट : भोलिको कार्यक्रमा सहभागि हुने पत्रकारज्यूहरूलाई उपहारको व्यवस्था गरिएको छ ।’ भन्दै पत्रकारलाई ‘इमोशनल व्याल्कमेलिङ’ समेत गरेको पाईएको छ ।

पत्रकारलाई उपहारको लोभ

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले पठाएको सो निमन्त्रण पत्रमा विद्यमान ऐन कानुनलाई समेत चुनौती दिदै क्यानले सो उपहारको व्यवस्था रहेको छ भन्दै पत्रकारलाई कार्यक्रममा डाकेको थियो । सो महासंघले आजोजना गर्दै आएको सवै मेलाहरु सरकारको ऐन विपरित सञ्चालन हुदै आएको समेत भेटिएको छ ।

एकातफै आफुखुशी मुल्य निर्धारण गरेर अत्याधिक मंहगो मुल्यमा थप मुल्यअभिबृद्धि कर (भ्याट) जोडेर ग्राहकसंग रकम असुली गर्दै आएपनि अधिकाशं त्यस्ता कम्पनी तथा व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने कर भ्याट भने छली गर्दै आएका छन् ।

अर्कोतर्फ व्यवसायीक रुपमा सामान खरिद बिक्री गरिने गरि लगाएको मेला महोसत्वको आयोजकले अस्थायी रुपमा सरकारी निकायमा दर्ता गरेर सञ्चालन गरिनु पर्नेमा त्यसो अहिले सम्म गरिएको छैन । यसरी गरिने मेला महोसत्वहरुमा बिक्री भएका सामाग्रीहरुको सवै कर र भ्याट खुलेआम छलि गर्न सहज हुने भएपछि पटकपटक यस्ता मेलाहरुको आयोजना गरिदै आएको छ । उता आफुखुशी प्रबेश शुल्क निर्धारण गरेर असुली गरिदै आएको छ ।

सो कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले मेला महोत्सवमा राखिएको टिकट र अन्य स्रोतबाट आएको रकमबाट संस्था चलाउने हो भन्दै जवाफ दिदै आएको छ । सो प्रबेश शुल्क संकलनबाट तपाईहरुकालागि कक्टेल डिनर पार्टी को आयोजनामा खर्च गर्ने गरेको समेत जनाएको छ । कर कार्यालयको भ्याटको विद्यमान ऐन अनुसार कुनै पनि मेला आयोजना गर्दा आयोजकले भ्याटको दफा १० (क) अनुसार अस्थायी भ्याट दर्ता र मेला आयोजना गर्नकालागि पूर्वस्वीकृति लिनु पर्छ र मेला सकिएको सातदिनभित्र सवै कारोबारको कर विवरण कर कार्यालयमा पेश गरी करचुक्ता गर्नु पर्ने उल्लेख छ । तर सो अनुसार आयोजकले कुनै प्रमाणपत्र लिएको छैन ।

सरकारकै सम्बन्धित निकायको सहकार्यमा हुने सो मेलाबाट गत वर्षमा मात्र न्यूनतम ७५ करोड रुपैयाँभन्दा बढी कर छली गरिएको थियो । मेलामा बिक्री भएका कुनै पनि सामाग्रीहरुको भ्याट विल दिने गरेको छैन भने दिएको भ्याट विल समेत नक्कली प्रयोग गरिदै आएको छ । यस सम्बन्धमा आयोजकले कुनै जवाफ दिएन् ।

यसरी प्रबेश शुल्क लगाउनु नै पर्ने भएमा सरकारी निकायबाट शुल्क र उठाउन पाउने अनुमति लिनु पर्नेमा सो कार्य समेत गरिएको छैन । यसरी प्रबेश शुल्कको नाममा असुली गरिएको रकम समेत आयोजकले सिधै अनियमितता गर्दै आएको भेटिएको छ । यस पटक पनि विना अनुमति क्यान महासंघले आफुखुशी सो मेला हेर्न र सामान खरिद गर्न जाने अबलोकनकर्तासंग सर्वसाधारणकालागि १ सय र विद्यार्थिकालागि ५० रुपैयाँ शुल्क तोकेर असुली गर्ने भएको छ ।

यसरी सो मेलामा कति जनाले टिकट काटेर प्रबेश गरेभन्ने तथ्याङक समेत आयोजकले लुकाउने गरेको छ । यस पटक यसरी प्रबेश शुल्कको नाममा अबैध रुपमा असुली गर्न प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालिलाई जिम्मा दिएको छ । सो विना अनुमति आयोजना गरिएको क्यान मेलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता सरकारी तथा नीजि संस्थाहरुले सहयोग गरेका छन् ।

सो मेलामा सरकारी निकायबाट के कति रुपैयाँ रकम विनियोजन गरिएको छ भन्नेपनि आयोजकले लुकाएको छ । सो मेला र पत्रकारलाई उपहारको लोभ किन देखाउनु भएको भन्ने बारेमा क्यान महासंघका अध्यक्ष रणजीत पोदारलाई पटकपटक सम्र्पक गर्दा उनी सम्र्पकमा आएनन । यसरी पत्रकारलाई उपहारको लोभ देखाउदै उनीहरुबाट भएका अबैधधन्दाको विषयमा समाचार लेख्नबाट रोक्ने हर्कत सम्मगर्न पुगेका छन् ।

उपहार लिने/दिने प्रचलनले पत्रकारलाई सर्वसाधारणप्रति होइन, उपहारदाताप्रति जवाफदेही बनाउने समेत गरेको छ । जब कुनै पत्रकार उपहारदाताका कमजोरीहरुप्रति मौन रहन्छ, उसको पत्रकारिताको मृत्यु त्यहीबेला हुने गरेको छ । पत्रकारलाई उपहार होइन, सूचनामा पहुँच दिनु पर्नेमा सो मा भने सम्बन्धित निकायले रोक्दै आएको छ ।

पत्रकार तथा सञ्चारकर्मीहरुले पेसागत आचरणलाई अक्षरसः पालन नगर्ने हो भने उपहार दिने चलनले पत्रकारिताको विश्वसनियता र पारदर्शितालाई ध्वस्त पार्दर्छ । तसर्थ पत्रकारले समाचारले समेट्नु पर्ने व्यक्ति, संस्था वा समूहबाट कुनै किसिमको उपहार लिनु हुँदैन । यस्ता गतिविधिले पत्रकारलाई खुसी पार्न उपहार दिनु समेत भ्रष्टाचारलाई संस्थागत र बैधानिक बनाउने कार्य हुने बताइएको छ ।

पत्रकार आचारसंहिता, २०७३ को दफा ५ (१३) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पार्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक, प्रतिष्ठान, संघसंस्था वा व्यक्तिगतबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार, वा सम्मान, वा विशेष सुविधा लिनु हुँदैन’ भन्ने उल्लेख छ । सो आचारसहिंतालाई समेत लत्याउदै सो महासंघले पत्रकारलाई उपहारको लोभ देखाउदै पत्रकार सम्मेलनमा डाक्नु गैरकानुनी समेत भएको ठहर भएको छ ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

क्यान इन्फोटेक मेलाको केही रकम तपाईहरुकै कक्टेल पार्टीमा खर्च गरिने भन्दै…

क्यान मेलामा चोरी निकासीका सामानको बिक्री : सरकारी निकाय मौन, करोडौ रुपैयाँ कर छली

क्यानका अध्यक्ष चौरसियाले भने – पैसाको बारे ध्यान नदिनुहोस बेलुका कक्टेल डिनरमा आउनुहोस !

क्यान मेलामा भन्सार छलीका सामान : देखाउँदैनन् भ्याट विल र एमआरपीको सूची


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!