विनोद चौधरीले २ हजार रोपनी जग्गा हड्पेको उजुरी : कारबाही नगर्न चौतर्फी दवाव

- February 2, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । सत्ता र सरकारको शक्तीकेन्द्रमा बसेर तत्कालिन राजा विरेन्द्र शाहको सम्पत्तीदेखि सरकारी जग्गासमेत विभिन्न जालझेल गरेर २ हजार रोपनीभन्दा बढी जग्गा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले हड्पेको भन्दै सरकारी निकायमा उजुरी परेको बताइएको छ । सोही उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो अनुसन्धान गरेर एकपछि अर्को उजुरीमाथी छानविन गर्दै जग्गा अतिक्रमण गर्ने र हड्प्नेमाथी कारबाही सुरु गरेको छ ।

सोही कारबाहीको पहिलो चरणमा बिहीबार चौधरी ग्रुपका सदस्य तथा नेपाली काँग्रेसका समेत संघिय साँसद समेत रहेका बिनोद चौधरीको कान्छा भाई अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । उनीसँगै तत्कालीन सञ्चालक समितिका अध्यक्षद्वय अजितनारायण थापा र सञ्जय ठाकुरलाई पक्राउ गरिएको छ ।

१० रोपनी जग्गामा नियम विपरीत काम गरेपछि सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरी ग्रुपले सयौं रोपनी जग्गा हडपेको उजुरी परेको जनाएको छ । जसमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका नाममा रहेको उद्योगहरूमा मात्र २ हजार रोपनीभन्दा बढी सरकारी जग्गा हडपेका उजुरी आएपछि त्यसमा प्रमाण जुटाउने काम भइरहेको र त्यसपछि दोषी देखिएकाहरु सवैलाई कारबाहीको दायरामा ल्याउने सरकारी निकायले जनाएको छ ।

विनोद चौधरीले हडपेका जग्गाको लगत खोज्दै जाँदा बाँसबारी प्रकरणमा अरुण चौधरी पक्राउ गरेर अनुसन्धानलाई अगाडी बढाएको प्रहरीले जनाएको छ । उनीहरुमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि सेटिङ मिलाएर सो उजुरीलार्य पेण्डिङ बनाउ सफल भएको थियो चौधरी ग्रुप ।

तर अहिले चौधरी ग्रुपको सेटिङ भने अहिले काम नगरेपछि आप्mनो पक्षमा लविङ गर्न पत्रकारदेखि सरकारी कर्मचारीलाई समेत भित्रि रुपमा परिचालन गरेको आरोप लागेको छ । अरुण चौधरी कांग्रेस सांसद विनोद चौधरी एवं डलर अर्बपति विनोद चौधरीकै कान्छा भाई हुन् । उनलाई सीआईबीले नियन्त्रणमा लिएपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ ।

सबैजसो राजनीतिक दल र नेताहरू चौधरी ग्रुपको चन्दा र सहयोग लिएर देशमाथी गद्धारी गर्दै आएको आरोप समेत लागेको छ । विनोद चौधरी कांग्रेसको सांसद बन्नु भन्दा पहिले एमालेका सांसद थिए । आर्थिक रुपमा मात्र होइन, राजनीतिक रुपमा पनि पहुँच भएको चौधरी ग्रुपले सयौं रोपनी जमिन हडपेको विषयलाई तीव्रखबर डटकमले पटकपटक समाचार प्रकाशन गर्दै आएको छ ।

सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति विनोद चौधरीलाई सोधपुछका लागि पक्राउ समेत गर्नु पर्ने निष्कर्षमा प्रहरी पुगेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी मात्र पक्राउ गरिएको हो । तर, विनोद चौधरी संलग्न उद्योगहरूले ठूलो परिमाणमा जग्गा हडपेको विषयमा प्रहरीले प्रमाणहरु जुटाई रहेको छ ।

शक्ती र सत्ताको केन्द्रमा रहेका बिनोद चौधरीले अर्थ मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयमा चौधरी ग्रुपले हडपेको जग्गाका लगत सुरक्षित राख्नु पर्ने थियो तर सो सवै प्रमाण र कागजात सरकारी कर्मचारीले चोरेर चौधरी ग्रुपको योजना अनुसार नष्ट गरेको अनुमान समेत गरिएको छ ।

विनोद चौधरीकै नाममा २ हजार कित्ता सरकारी जग्गा हडपेको विषयमा लगत खोज्दा सरकारी निकायले लुकाएको प्रहरीले जनाएको छ । सीआईबीले ती प्रमाण खोजि गर्न थालेपछि सरकारी कर्मचारीहरुले सवै प्रमाण लुकाएको वा नष्ट गरेको हुनसक्ने अनुमान प्रहरीले लगाएकोे छ । चौधरी ग्रुपले अहिले आएर मात्र हैन, पञ्चायतकालदेखि नै जग्गा हिनामिना गर्दै आएकाले उस विरुद्ध प्रमाण जुटाउन कठिन भएको बताइएको छ ।

अधिकाशं प्रमाणहरु तत्कालिन अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारी अर्थमन्त्री भएको समयमा प्रमाण नष्ट गरेर आफु अनुकुलको प्रमाण राखेको बताइएको छ । त्यस समय पुर्वराजा ज्ञानेन्द्र शाहले विरेन्द्रको सम्पत्ती फिर्ता गर्न दवाव दिएपछि एकाएक एमालेको तर्फबाट संविधान सभाको सभासद् थिए । भने एमाले सत्तामा रहुनजेलसम्म उनी एमालेको राजनीतिमा सकृय भ एभने जव एमाले सत्ताबाट बाहिएसंगै उनी नेपाली काँग्रेसमा प्रबेश गरेर राजनीति गर्दै आएका छन ।

प्रहरीका अनुसार २०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्र कालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइएको छ, उजुरी पनि परेको छ तर, पूर्ण प्रमाण जुटाउन लागि परेको जनाइएको छ । चौधरी ग्रुपले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ । अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ ।

विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान गर्ने हो भने उनी पनि सरकारी जग्गा हड्पेको आरोपमा पक्राउ पर्ने प्राय निश्चित भएको छ । उनले २ हजार कित्ता सरकारी जग्गा हडपेको उजुरी छ, छानबिन भइरहेको छ । पञ्चायतको समयमा दरबारलाई प्रभाव पारेर र बहुदल तथा गणतन्त्रको समयमा राजनीतिक दलका नेतालाई प्रभावमा पारेर चौधरी ग्रुपले सरकारी जग्गा हडप्दै आएको प्राप्त प्रमाणबाट खुलेको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी ग्रुपले हडपेर नीजि प्रयोजनमा प्रयोग गरेसंगै अर्थ मन्त्रालयमा बाँसबारी छाला तथा जुत्ता कारखानाको फाइल नै गायव बनाइएको छ । चौधरी ग्रुपले सरकारी कर्मचारीलाई प्रभावमा पारेर सवै प्रमाण नष्ट गरेको वा लुकाएको भेटिएको छ । अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई फाइल खोजेर उपलब्ध गराइदिन पत्र काटिएकोे छ ।

चौधरीले हडपेका जग्गाको लगत यी मन्त्रालयमा भेटिन सक्ने भन्दै खोज्न लगाइएको छ । च्याम्पियन फुटवेयरका नाममा बाँसबारी छाला तथा जुत्ता कारखानाको २५ सय कित्ता शेयर लगानी गर्ने निर्णय गरेर जग्गा हड्प्ने भित्रि योजना चौधरी ग्रुपको रहेको उनको गतिविधिबाट समेत देखिन आएको छ ।

जग्गा हत्याएपछि उनले त्यहाँ खोल्ने भनिएको च्याम्पियन फुटवेयर नै खोलेनन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा २०४३ कात्तिक २७ मा च्याम्पियन फुटवेयर दर्ता भएको प्रमाण रहे पनि सो अनुसार काम भने चौधरी ग्रुपले गरेन । २०४४ सालमा दुई पटकमा गरेर बाँसबारी छाला तथा जुत्ता कारखानाले आफ्नो १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई नामसारी गर्न चौधरी ग्रुप भने सफल भएको देखिन्छ ।

मालपोत ऐन २०३४ ले सरकारी जग्गा कुनै कम्पनीको स्वामित्वमा नामसारी गर्न मन्त्रिपरिषदको स्वीकृति अनिवार्य गरे पनि त्यसबेला मन्त्रिपरिषदको स्वीकृति बेगर सो जग्गा नामसारी गरिएको भेटिएको छ । जुत्ता उत्पादन गर्ने भन्दै १० रोपनी जग्गा हडपेपछि च्याम्पियन फुटवेयर समेत हरायो ।

बाँसबारी कारखाना शेयर एकलौटी बनापछि चौधरी ग्रुपले सीजी चाँदबाग रेसिडेन्सी प्रालि बनाएर उपभोग गर्दै आयो । आफु कानुनी झमेलाबाट बच्नकैलागि बिनोद चौधरीले त्यो जग्गा अरुण चौधरी र शिला चौधरीको नाममा राखेर अबैधधन्दा चलाउदै आएको भेटिएको छ । यिनै आधारमा टेकेर सीआईबीले अरुण चौधरीलाई पक्राउ गरेको हो । विनोद चौधरीका नाममा रहेका उद्योगले हडपेका जग्गाको विवरण खोज्न अझै बाँकी रहेको बताइएको छ ।

अधिकाशं प्रमाण फेला परि सकेको बताइएको छ । पूर्ण प्रमाण जुटेपछि विनोद चौधरीलाई पक्राउ गरेर अनुसन्धानलाई तीव्र बनाउने तयारी प्रहरीको रहेको छ । विनोद चौधरीलाई समाउँदा विभिन्न राजनीतिक दलमा असर पर्ने देखिएपछि अरुणलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

जग्गा हिनामिना प्रकरणमा सीआईबीले तीन महिनादेखि अनुसन्धान गरिरहेको समेत जनाएको छ । १० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको थियो ।

र यो पनि अध्ययन गर्नं छुट्यो की ?

चौधरी ग्रुपद्वारा ललितपुरमा फेरी सरकारी जग्गा अतिक्रमण : सरकारले गरेन छानविन

चौधरी ग्रुपको भगिनी संस्था सिजी प्रपर्टिजको नाममा सरकारी जग्गा अतिक्रमण

चौधरी ग्रुपका अध्यक्ष बिनोदको असली रुप : कर छलीदेखि सरकारी जग्गा अतिक्रमणसम्म (प्रमाणसहित)

सरकारी जग्गामा चौधरी ग्रुपको कब्जा : विना अनुमति टिकट काट्दै ठगी

चौधरी ग्रुपलाई झड्का : आयल निगमको जग्गा मुद्दा आफैले लियो फिर्ता

चौधरी ग्रुपको अबैध हर्कत चुलियो : चितवनको सिजी ल्याण्ड मार्कका कारण सेनालाई नै चुनौती

चौधरी ग्रुपद्वारा सरकारी जग्गा हड्प्नलाई सरकारी निकायनै मतियार

सरकारी रेकर्डबाट विनोद चौधरीका सवै फाइल बेपत्ता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!