आयोडिनयुक्त नून थोरै तर सही मात्रामा खाऔं :अध्यक्ष महर्जन

- February 1, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नून थोरै खाऔं सहीमात्रा खाऔं भन्दै आम उपभोक्तालाई आग्रह गरेका छन् । अध्यक्ष महर्जनले विहिबार एक कार्यक्रममा फरवरी १ तारिख, बिश्व स्वास्थ्य संगठनको आव्हानमा नेपाल लगायत बिश्वका अधिकांश देशहरुले महिना भर आयोडिनयुक्त नूनको उत्पादन, ढुवानी, भण्डारण, बितरण र उपभोग सम्बन्धमा जनचेतना जगाउने कार्यक्रमको अन्तरकृयामा सो कुरा बताएका हुन ।
उनले बिश्वव्यापी रुपमा  उपभोक्ता जागरण गर्ने उद्देस्यले मनाउदै आएको महिना व्यापी प्रचार अभियानको पहिलो दिन आयोजित सो अन्तरकृया कार्यक्रममा देशै भर आफनो संयन्त्रहरु मार्फत नागरिकलाई सचेतना जगाउने काम बिगत लामो समय देखि गर्दै आएको समेत बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले आफनो स्थापनाकालदेखि नै अर्थात लगातार १८ देखि केन्द्र र जिल्लाहरुमा बिबिध कार्यक्रम गर्दै अभियान सञ्चालन गर्दै आएको समेत बताएका छन् ।
बिश्व खाद्य संगठनद्वारा आव्हान र मापदण्ड बमोजिम बिक्रम सम्बत २०२० देखि नेपाल सरकारले आम नेपालीले उपभोग गर्ने नूनमा आयोडिन मिश्रण गरी बितरण गर्ने कार्य गर्दै आएको छ । कण्ठ निवारण कार्यक्रम मार्फत नेपालमा आयोडिनयुक्त नूनको बिक्री बितरण साल्ट ट्रेडिंग कर्पोरेशन मार्फत बिगत ६० बर्ष देखि सरकारले दुर्गम क्षेत्रहरुमा ढुवानी अनुदान समेत दिई बिक्री बितरण गर्दै आएको छ । अहिले बजारमा व्यापक रुपमा बिभिन्न किसिमका हल्लाहरु आई रहेको बताउदै सो को बारेमा अर्थात के हो भन्ने कुरा आम उपभोक्तालाई सहज रुपमा बुझाउने काम समेत सरकारी निकायबाट तत्काल गर्न गराउन माग गरे ।
अध्यक्ष महर्जनले बिशेषतः आयोनून खाएर थाइराइडको समस्या व्यापक हुन लाग्यो । नून ज्यादै खांदा रक्तचापका बिरामी बढि भयो जस्ता कुरा आएकाले सो बारे प्रष्ट कुरा बाहिर ल्याउनु पर्ने बताए ।  पहिलो हो खाद्य ऐन, २०२३ अन्तरगत खाद्य गुणस्तर मापदण्ड धेरै पटक संशोधन भएता पनि नेपाल राजपत्रको भाग ३ मिति २०५७ माघ २३ ले आयोडिनयुक्त नूनको गुणस्तर अनिवार्य मापदण्ड तोकिएको छ । जस अनुसार सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत भन्दा घटी हुन नहुने र आयोडिनको मात्रा ५० मिलिग्राम प्रति किलोग्राममा नघटेको हुनु पर्ने र बिक्रिस्तरमा ३० मिलिग्राम अनिवार्य हुनु पर्ने व्यवस्था छ ।
यो मापदण्ड तयार हुंदा नेपालको कूल जनसंख्या १ करोड ३६ लाख मात्र थिए र शहरीकरणको अवस्था हेर्ने हो भने १९७० सम्म नेपालमा जम्मा १६ वटा नगरपालिकाहरु थिए अहिले ७५३ पालिकाहरु मध्ये करिव आधाको संख्यामा नगरपालिकाहरु भई सकेको र त्यस मध्येमा पनि ६ वटा महानगर र ११ वटा उप महानगरपालिकाहरुको स्थापना भई सकेको अवस्था छ ।
मञ्चले नेपाल सरकारको आव्हान अनुसार विहिबार मनाउदै गरेको आयोडिन मन्थको पहिलो दिनको कार्यक्रममा स्वास्थ्य मन्त्रालय, महिला कल्याण महाशाखा, न्यूट्रिशन प्रमुख लिलाबिक्रम थापा, आयोडिन ग्लोवल नेटवर्कका कन्ट्री रिप्रिजेन्टिटिभ मचाराजा महर्जन, युनिसेफ नेपालको न्यूट्रिशन अफिसर नविन पौड्याल, काठमाडौं महानगरपालिकाका अबधेश कुमार झा, साल्ट  ट्रेडिंग कर्पोरेशनका नायव कार्यकारी प्रमुख कुमार राजभण्डारी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकार र साल्ट ट्रेडिङ कर्पोरेशनले  आयोडिनयुक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!