अटोलोन, हायर पर्चेज कर्जाको जोखिम भारलाई १ सय प्रतिशत कायम गर्न नाडाको माग

- January 26, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटगरी अटो व्यवसायमा देखिएका समस्याको समधान र अन्य विषयहरुमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १ सय प्रतिशत कायम गर्न माग गरेको छ ।

बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भेलु रेटको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गर्न, चालुपुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गर्न समेत माग गरिएको छ । साथै भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्न समेत माग गरिएको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा जानकारी गराएका थिए । सो छलफलमा प्रधानमन्त्री दाहालले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राखेका थिए । सो क्षेत्रमा भएका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताए । नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!