कहाँ छन् कालापानी, लिपुलेक ?

- January 26, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-गोबिन्द राज ओझा (राजन )
कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता
देशको स्वाभिमानलाई जोगाउनु छ
यहाँ देशको रक्षा गर्नु छचिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन्
कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन्
लिपुलेक कालापानी  हाम्रो हो, फिर्ता ल्याउनु पर्छ
कालापानी  हाम्रो मुटु हो बचाउनु छकालापानीको आफ्नो कथा छ
यी पहाड ,हिम श्रृखलाले देशलाई चिनाउँछ
लिपुलेक र लिम्पियाधुरा कालापानी हाम्रै हो
यी आँखाले हेर्न खोजेको उनलाई नै हो

कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!