नाडाको उप समितिको सभापति टुङ्गो लाग्यो

- January 23, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको मगलबार बसेको कार्यसमिति बैठकले अधिकांश समितिको सभापति टुङ्गो लगाएको छ । सो बैठकले नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई आमन्त्रीत सदस्य सहित सभापति चयन गरेको छ । राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, स्कील डेभलपमेन्ट र इलेक्ट्रीक भेहिकल समितिको सभापति नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, चारपाङ्ग्रे भेहिकल समिति सभापतिमा अर्का उपाध्यक्ष निराकार श्रेष्ठ छन् ।

कोषध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समिति सभापति चयन भएका छन् । प्रदेश समन्वय तथा सदस्यता वितरण समितिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन कमिटिमा अभिक ज्योति, वातावरणमा कपिल शिवाकोटी, स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रीब्यूटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चयन भएको नाडाले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!