म्याक कफीको उपहार कार्यक्रम सार्वजनिक

- January 22, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी विभिन्न उपहार याेजना ल्याएकाे छ । साे कम्पनीका अनुसार  ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल उपहार जिती सकेकाे बताईएकाे छ । राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत बिजेताको औपचारिक गरिएको हो ।

साे लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए ।

“नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं,” उनले भने, “अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियानहरू पनि निरन्तर गर्नुपर्ने देखिएको छ ।” श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!