फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसन अफ नेपालको अध्यक्षमा न्यौपाने

- January 20, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसन अफ नेपालको अध्यक्षमा रुद्रप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सो एसोसिएसनको शुक्रबार सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ। एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे, उपाध्यक्षमा दीपेन्द्र थापा, जीवनकुमार श्रेष्ठ र ज्ञानेन्द्रप्रसाद दाहाल, महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शङ्करकुमार गौतम र कोषाध्यक्षमा अनुप मानन्धर निर्वाचित भएका छन् ।

सदस्यमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद पाठक रहेका छन् । नवनिर्वाचित अध्यक्ष न्यौपानेले फुटवेयर उद्योगको दिगो विकास, स्थायित्व, संरक्षण र प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालिन कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकको अर्थतन्त्र विकासका लागि फुटवेयर क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले फुटवेयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

र यो पनि…

जुत्ता उत्पादन संघका अध्यक्ष घिमिरे निलम्बन : फुटवेयर जोनको जग्गा प्रकरणमा ५ करोड घोटला

फुटवेयरकै अध्यक्ष र उपाध्यक्षको छुट्टाछट्टै जुत्ताचप्पल मेला

जुत्ताचप्पल व्यापार मेला जावलाखेल मैदानमा सुरु

जुत्ता संघभित्र चर्कियो विवाद : कार्यसमितिबाटै विधान मिचेको आरोप

‘दक्षिणकाली फुटवेयर जोन’ का कारण जुत्ता संघभित्र चर्कियो विवाद

जुत्ता उत्पादक संघमा भाँडभैलो : साधारण सभामा पुर्वअध्यक्षहरुकै भएन सहभागी

नेपाली जुत्ता उत्पादनमा पनि आत्मनिर्भर झगडा गर्नमा पनि आत्मनिर्भर


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!