त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय नागरिक अडानी समूहलाई जिम्मा दिदै सरकार

- January 20, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ नेपाल सरकारले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलको सञ्चालनको जिम्मेबारी भारतीय नागरिकको एक समुहलाई दिनकालागि अनौपचारिक रुपमा छलफल भित्रभित्रै चलाएको समाचार प्राप्त भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपीं) मोडलमा सञ्चालन तथा निर्माण गर्दै सो सञ्चालनको जिम्मेवारी समेत भारतीय अर्बपति गौतम अडानीको अडानी समूहलाई दिने चर्चा अहिले चौतर्फी चलेको छ ।

अडानी समूहका प्रतिनिधिले केही दिनअघि क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई भेटेर क्यानले अघि सारेको पिपिपी मोडलबारे जानकारी लिदै सो कार्यमा अडानी समृुहले चासो देखाउदै सञ्चालनको जिम्मा लिन तयार भएको बताइएको छ । ऋण लिएर निर्माण गरिएका पोखरा र गौतम बुद्ध (भैरहवां) विमानस्थल सञ्चालन गर्न नसकेपछि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन विमानस्थलको सञ्चालन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निजी क्षेत्रको सहकार्यमा चलाउने निर्णय गरेपछि सो कार्यमा भारतीय समुह सकृय भएर लागी परेको छ ।

क्यानले चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्न दिने प्रस्ताव संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाई सकेको छ। क्यानले पिपिपी मोडलमा निर्माण तथा व्यवस्थापनको जिम्मेवारी दिने भएपछि अडानी समूहका अनिल पटानीको टोली नेपाल आएर सो बारे छलफल गरेको क्यानका एक अधिकारीले बताएका छन् । क्यानले विमानस्थलको निर्माण र सञ्चालनमा निजी क्षेत्र ल्याउने निर्णय गरेपछि अडानी समूहका प्रतिनिधिले क्यानका महानिर्देशकलाई भेटेर छलफल गरेको ति अधिकारीले बताए ।

विमानस्थलको व्यवस्थापन गर्न अडानी समूहले इच्छा व्यक्त गरेपछि सो बारेमा छलफल भएको र पटानीको टोलीले विमानस्थल निर्माण तथा व्यवस्थापनको मोडालिटीबारे चासो राखेको बताईएको छ । अडानी समूहका प्रतिनिधिसँग क्यानका महानिर्देशक अधिकारीले मोडालिटी टुंगो लागि नसकेकाले अहिले कुन तबरबाट दिने भन्ने निर्णय गरेपछि थप कार्य अगाडी बढाउने जानकारी दिएपछि सो समुह बाहिरिएको थियो ।

विमानस्थलमा निजी क्षेत्र ल्याउने निर्णय गरेपछि त्यसको मोडालिटी तयार गरेर ग्लोबब टेन्डर नै गरि जिम्मा दिने तयारी सरकारको रहेको भन्दै क्यानका महानिर्देशक अधिकारीले अडानी समुहको प्रतिनिधिलाई विदाइ गरेका थिए । नेपालका विमानस्थलको व्यवस्थापन तथा निर्माणमा अडानी समूहले चासो राखेसंगै अहिलै चौतर्फी बहस सुरु भएको छ ।

निर्माण गरेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माण गर्नुपर्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई जोडेर क्यानले चारवटा विमानस्थललाई जोडेर बनाएको यो योजनालाई अहिले आशंकाको रुपमा हेरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले समेत घुमाउरो पारामा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन तथा निर्माणमा निजी क्षेत्रलाई दिने सहमती दिएको बताएको छ ।

२०६९ सालमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने तयारी गरेपछि त्यसका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रोक लगाएपछि तत्कालिन सरकार पछि हटेको थियो । फेरी विमानस्थल भारतीय नागरिकलाई सञ्चालनको जिम्मा दिने भित्री तयारी सरकारले गरेको बताईएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सञ्चालन र मर्मत सम्भारको जिम्मेवारी भारतीय कम्पनी आइए एन्ड एफएसलाई दिने तयारी गरेपछि त्यसका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो। २०६९ जेठ १३ गते लगानी बोर्डको बैठकले आइएल एन्ड एफएसलाई पत्र लेखी विमानस्थलको व्यवस्थापन लिन प्रस्ताव पठाउन आग्रह गरेका थिए।

तत्कालीन समयमा अदालतले लगानी बोर्ड ऐन २०६८ को दफा ७ को व्यवस्थाविपरीत भएको आदेश दिएको थियो। उक्त दफामा कुनै पनि काममा लगानी गराउँदा प्रतिस्पर्धा गराइनुपर्ने उल्लेख छ। तत्कालीन समयमा बिनाप्रतिस्पर्धा भारतीय कम्पनीलाई विमानस्थल व्यवस्थापन सम्हाल्न प्रस्ताव पठाउन आग्रह गरेपछि अदालतको आदेशपछि रोकिएको थियो।

यसरी पहिलो प्रयाुस असफल भएपछि जसरी पनि विमानस्थलको सञ्चालन जिम्मा भारतलाई दिने र सो बापत करोडौ रुपैयाँ कमिशन खाने सोचमा सरकारी कर्मचारीहरु समेत रहेको छ आरोप लगोको छ । यसरी भारतीय नागरिकलाई विमानस्थलको जिम्मा दिएर क्यानका कर्मचारी रातारात धनी हुने सपना समेत देखेर बसेका छन् । जुन देशकालागि गद्दारि गरेको आरोप जानकारहरुले लगाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!