राष्ट्र बैंकको ऐन विपरित वित्तिय संस्था : ऋण असुली गर्न गुण्डा परिचालन

- January 13, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरु पछिल्लो समय नेपाल राष्ट्र बैंकको विद्यमान ऐन कानुनी विपरित बैंकिङ कारोबार गर्दै र आफैले तयार गरेको ऐन र नियम लगाउदै आएको ऋणीहरुले दुःखेशो गरेका छन् । नीजि बैंक तथा वित्तिय बैंकिङ कारोबार गर्दै आएकाहरुले ऋण उठाउनका लागि अनौठा हर्कत गर्दै आएका छन् ।

सुरुमा एनआईसी एसिया बैंकले ऋण उठाउन ऋणीको घरमा आफुखुशी गार्ड नै लगेर राखेर मानशिक दवाव दिएको थियो । त कहिले कम्पनी रजिष्ट्रारमा ऋण नतिर्नेका सबै बाटा थुनिदिनु प¥यो भन्दै पत्र बुझाएको थियो । त्यत्ति मात्रै होइन सो बैकले ऋणीको घरमा ऋण उठाउन ‘गुण्डा’ समेत पठाउदै आएको अझै पनि धेरै ऋणीहरुले गुनासो गरेका छ । यसरी बैंक तथा वित्तिय संस्थाहरुले ऋणीका घरमा ऋण असुली गर्नकालागि अहिले भाडाका गुण्डा समेत खरिद गरेर परिचालन गरेको भेटिएको छ ।

यसरी विहानदेखि बेलुका ८/९ बजेसम्म घरघरमा बैंकले गुण्डा पठाएर ऋणीमाथी मानशिक दवाव दिदै समाजमा ठग को नै परिचय गराउन समेत लागेको पीडित पक्षले बताएका छन् । महिनै पिच्छे व्याज बृद्धि गरेर बढेको व्याजकोमात्र जानकारि मोबाईलबाट दिदै आएपनि अन्य कार्यभने राष्ट्र बैंकको नीति नियम र ऐन विपरित गुण्डा परिचालन गरेर जबरजस्ती ऋण असुली कार्यमा बैंकका कर्मचारी लागेको बताइएको छ । उता सो अबैध कार्यको बारेमा भने राष्ट्र बैंकका कुनै पनि जिम्मेवार कर्मचारीहरुलाई कुनै अत्तोपत्तो नभएको बताएका छन् । राष्ट्र बैंक स्रोत भन्छ,‘कोही कसैले पनि ऋण असुली गर्न घरमा गाडा र गुण्डा लगाएर ऋणी असुली गर्नु गराउनु विद्यमान ऐन कानुन विपरित हो, यो कोही कसैले गर्न र गराउन पाउदैन, बैंकहरुले विद्यमान कानुनभन्दा बाहिर जाने अधिकार छैन ।’

एकातर्फ राष्ट्र बैंकको यस्तो भनाई रहेको छ भने अर्कोतर्फ विभिन्न नीजि बैंकहरुले ऋण असुली गर्न भाडामा गुण्डा लिएर घरघर, पसलपसल र अफिसअफिस परिचालन गर्दै आएको छ । बैंक तथा वित्तिय सस्थाहरुको यो गैरकानुनी हर्कतले अधिकाशं ऋणीहरु आत्मदाह गर्न समेत बाध्य बनाएको पीडितहरुले बताएका छन् । कर्जा उपभोग गरिरहेका ऋणीहरुले बैंकले स्वीकृत गरेअनुसारको कर्जा बुझाउन केही ढिलाईए हुनासाथ यसरी घरघरका गुण्डानै पठाएर मानशिक दवाव दिदै आएका छन् ।

बैंकले उक्त पीडितलाई बैंकका कर्मचारीहरुले मानसिक यातना दिने, घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काईदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने जस्ता अबैध हर्कतहरु बैंकले परिचालन गरेका व्यक्तीहरुबाट हुदै आएको एक ऋणीले नाम नलेख्ने शर्तमा बताए । यसरी विद्यमान ऐन विपरित कर्जा असुली गर्दै आएका बैंकमाथी राष्ट्र बैंकले कारबाही गर्नेबारे कुनै चासो समेत राखेको छैन । सो सम्बन्धमा थप विवरणको खोजी तीव्रखबरले जारी राखेको छ ।

र यो पनि…

एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

एनआइसी बैंकको लुटमा राष्ट्र बैंक मौन : ऋणीलाई विना जानकारी घरजग्गा लिलामी

एनआईसी बैकको ज्याजतीका विरुद्ध सेवाग्राही उत्रिए सडकमा : रुपन्देशी शाखामा तालाबन्दी

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

एनआईसी बैंकको दादागिरीमा राष्ट्र बैंक मौन : नियम लत्याउदै ऋणीको घरमा गुण्डा परिचालन

एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!