सुनको मूल्य हालसम्मकै उच्च

- November 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदी आज प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!