प्रसाईंको प्रर्दशनमा प्रहरी हस्तक्षेप : आचार्य श्रीनिवास पक्राउ

- November 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी आन्दोलनलाई तीतरवितर बनाएको छ । सो प्रर्दशमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनी गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए । नि श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ ।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् ।  प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् । प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । ७ मंसिरमै नेकपा एमालेको भातृ संगठन युवा संघले पनि प्रदर्शन गरेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!