६ सयले बढ्यो सुनको मूल्य

- November 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रवार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!