स्वास्थ्यका नियुक्तीमा लिलाम बढाबढमा मन्त्री बस्नेत

- November 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  स्वास्थ्यमन्त्री मोहनबहादुर एकहोरो कमाउ धन्दामै लिप्त हुदै गएका उनका पछिल्ला हर्कतबाट खुल्दै । स्वास्थ्यमन्त्री बस्नेतले विद्यमान ऐन विपरित पैसा लिएर नियुक्ति गरिएको भन्दै उनी विरुद्ध अहिले कर्मचारीभित्र आक्रोश चुलिएको गएको समेत पाइएको छ ।

मन्त्री बस्नेतले केही दिनअघि नरदेवी अस्पतालको प्रमुखमा डा श्यामबाबु यादवलाई जिम्मेवारी दिएसंगै उनको अबैधधन्दाको पाना खुल्न थालेको हो । पटक–पटक लाभको पदमा पुगेका यादवलाई आर्थिक चलखेलकै आधारमा उनले नरदेवी अस्पतालको जिम्मा दिदै लाखौ रुपैयाँको थैलि समेत लिएको आरोप मन्त्री बस्नेतमाथी लागेको छ ।

दशौं तहका यादवलाई नरदेवी अस्पताल जिम्मा लगाउँदा ११ औं तहका डा प्रदीप केसीलाई सिंहदरबार वैद्यखानामा काजमा पठाइएका छन् । मन्त्रालयमा दरबन्दी राखेर केसीलाई बन्द रहेको वैद्यखानाको जिम्मा लगाउनुको मुख्य कारण पैसाकै भएको समेत बताईएको छ ।

दशैंताका यादवलाई नरदेवी पठाउने निर्णय गरेलगत्तै दशैंको बिदा शुरु हुने अघिल्लो दिन यादव हाजिर हुन पुगेका थिए । केसीले सरुवा र रमाना नबुझ्दै विदेशमा भएको बेला यादव नरदेवी हाजिर हुन पुगेका थिए । उनलाई काँग्रेसका मधेशी मूलका केही नेताहरुको दबाव र आर्थिक चलखेलकै आधारमा नरदेवीको जिम्मा लगाएको हो ।

त्यसैगरी मन्त्री बस्नेतले विभाग र केन्द्रीय अस्पतालहरुमा सरुवाको चलखेल गरि रहेका छन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगीता मिश्रलाई नियुक्त गरेपछि मन्त्री बस्नेतले विभागभित्रका निर्देशकहरुको परिवर्तनका लागि तयारी थालेका छन् ।

व्यवस्थापन, परिवार कल्याण, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा नियुक्तिका लागि अहिले लिलाम बढाबढ भइरहेको छ । लिलाम बढाबढमा जसले बढी कबोल ग¥यो उसैलाई नियुक्ति दिने तयारीमा मन्त्री बस्नेत रहेका छन् ।

आर्थिक चलखेलका भरमा नियुक्त भएकाहरुले धमाधम नियुक्तिपत्र बुझेर हाजिर गरिसकेका छन् भने पार्टीको सिफारिसमा परेकाहरु भने अहिलेसम्म अलपत्र अवस्थामा छन् । दुई महिनाअघि नै स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा धनप्रसाद पौडेललाई मन्त्रीपरिषदमा नियुक्तिका लागि प्रस्ताव लगिएको थियो ।

प्रस्तावमा सही गरेर विदेश उडेका मन्त्री बस्नेत त्यसपछि कैयौं पटक विदेश गइसके । तर पौडेलको नियुक्ति सिफारिशलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेको पत्र मन्त्रालयमा अहिलेसम्म आइपुगेको छैन । आफ्नो मन नहुँदानहुँदै राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काको सिफारिशमा पौडेललाई अध्यक्षमा नियुक्तिको सिफारिस गर्न मन्त्री बस्नेत बाध्य भएका थिए ।

पौडेलको नियुक्तिका विषयमा मन्त्री बस्नेतले अहिलेसम्म क्याविनेटमा छलफल चलाउन आवश्यक नठानेको बताइन्छ । उनको इच्छा नभएकै कारण पौडेलको सिफारिस भएर पनि अहिलेसम्म निर्णय हुनसकेको छैन । जागिर अवधिमै रहेका बेला नियुक्तिका लागि सिफारिशमा परेका पौडेलले अवकाश पाइसक्दा पनि नियुक्तिको टुंगो लागेको छैन ।

पार्टीकै सिफारिसमा मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबावमा बीमा बोर्डको कार्यकारी अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस पठाइएको चर्चा चले पनि मन्त्री बस्नेतकै कारण उक्त प्रस्तावले मूर्तरुप लिन पाएको छैन । भूसाल र लोहनीले नियुक्ति नपाउँदै बधाई खाइसके तर नियुक्तिको पत्र हातपरेको छैन ।

उक्त प्रस्ताव मन्त्रिपरिषदमै अड्किएको बताइन्छ । संचार तथा सूचना प्रविधिमन्त्री भएको समयमा टेरामक्स काण्डमा मुछिएका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका  बस्नेत स्वास्थ्य क्षेत्रमा भएका समस्या समधान गर्नेभन्दा पनि बढुवा सरुवा र नियुक्तीसंगै नीजिलाई पोस्ने नीति तयारमा व्यस्त भएको आरोप लागेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!