सरकारको सुचीमा छैन चौधरी ग्रुपको कर तिरेको रेकर्ड : कर दिवसमा किन हुदैन सम्मानित बिनोद ?

- November 23, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आफुलाई विश्वको धनी भएको हुँकार गर्र्दै आएका चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका साँसद बिनोद चौधरीको कम्पनी चौधरी ग्रुपले कर तिरेको रेकर्ड सरकारी सूचीमै नभएको फेला परेको छ । प्रत्यक वर्ष सत्ता र शक्तीको आँडमा सरकारी कर्मचारीलाई लोभ देखाउदै चौधरी ग्रुप अन्तरगत सञ्चालनमा रहेका सवै कम्पनी घाटामा गएको नक्कली आयव्यय तयार गरेर अर्बौैं रुपैयाँ कर छुट गराउदै आएका चौधरीले बुझाएको करको विवरण सरकारी सूचीमा नगन्य गरेको छ ।

उनले सरकारी ढुकुटीमा बुझाउनु पर्ने राजश्व, आयकर, मुल्यअभिबृद्धि कर (भ्याट) र अन्य कर समेत सरकारी कर्मचारीकै योजना अनुसार खुला रुपमा छली गरि हुण्डी मार्फत बिदेशमा पैसा लगेर लगानी गर्दा पनि सरकारले कुनै कारबाही गर्न नसक्दा अहिले सरकारी रकम शुन्यमै पुगेको कारण पनि यिनै उद्योगीका कारण भएको बताइएको छ ।

चौधरी ग्रुपले सरकारलाई बुझाउनु पर्ने कुनै पनि कर नबुझाउने गरेको प्रमाण ‘कर दिवस’ मा उनको कुनै कम्पनी सम्मानित नहुनुले प्रष्ट भएको छ । सतही रुपमा हेर्ने हो भने पनि उनी विश्वको धनी भएको हुँकार गर्ने चौधरीको कम्पनी प्रत्येक वर्ष कर बुझाउनेमा पहिलो नम्बरमा पर्नु पर्ने हो तर अहिले सम्म कुनै पनि मारवाडी समुदायले सञ्चालन गरेका कुनै पनि कम्पनी सरकारले सम्मान गरेको भेटिएको छैन ।

तर बिनोद चौधरीको मासिक रुपमा अर्बभन्दा बढी रकम बृद्धि हुदै गएको भन्दै विज्ञप्तिनै निकालेर समाचार लेखाउने तर कर दिवसमा कहिल्यै सम्मानित नहुने भएपछि उनीबाट अर्बौ रुपैयाँ कर छली गरेको प्रष्ट हुने एक पुर्वअर्थ सचिबले बताएका छन् ।

ती सचिबले नाम नलेख्ने सर्तमा भने,‘बिनोद चौधरीले शक्ती प्रयोग गरि कर्मचारीलाई लोभ र धम्काउदै उसैले तयार पारेको आयव्याय अनुसार सरकारी छाप लगाई दिनु मन्त्रीबाटै दववा आउने गर्छ, माथीबाट आएको आदेश अनुसार छाप लगाएपछि कर छुट सहित चौधरीले खुला रुपमा गैरकानुनी तरबबाट रकम विदेश लैजाने गरेको छ ।’

आफुलाई व्यावसायिक घराना भएको बताउने सो ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएपनि सो को आधिकारीक विवरण भने देखाउन सरकारले समेत सकेको छैन । एकातर्फ आफुले कर बुझाएको दाबी गर्ने चौधरी ग्रुपका अध्यक्ष बिनोदकै कृयाकलापबाट नक्कली कर बुझाएको विवरण सार्वजनिक गरेको सरकारी तथ्याङकबाट देखिन आएको छ ।

एकातर्फ कर बुझाएको नौटकी गर्ने चौधरी राज्यले हरेक वर्ष कर दिवसमा विभिन्न व्यवसायीहरुलाई करमा योगदान गरेबापत सम्मान गर्दा उसको कम्पनी भने कहिले पनि सम्मान हुन सकेको छैन । फोब्र्सको अर्बपति सूचिमा परेका भारतीय नागरिक चौधरीको कम्पनीले कमाए अनुसारको कर छली गरेको खुल्न आएको छ ।

चौधरी ग्रुपले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ कर तिरेको दावी गर्छ । तर त्यो कर सरकारी ढुकुटीमा जम्मा नगरि अनेत्र लगेको हो की भन्ने शंका समेत अहिले उत्पनन भएकोे छ  ।

बिनोद चौधरी सन् सन् २०१३ देखि नै विश्वका अर्बपतिहरुको सूचीमा पर्दै आएको बताइएको छ । भारतीय मुलका आफुलाई नेपाली भन्दै आएका डलर अर्बपति विनोद चौधरीको सम्पत्ति गत वर्ष १ दशमलव ४ बिलियन अमेरिकी डलरबाट यस वर्ष १ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।

जसमा १० करोड अमेरिकी डलरको वृद्धि भएको चौधरीले कर कहाँ बुझाउदै आएका छन् भन्नेमा पनि अहिले चौतर्फी बहस भै रहेको छ । उनको व्यापार पोर्टफोलियोमा १६० कम्पनीहरू, १२३ ब्रान्डहरू पाँच महाद्वीपहरूमा रहेको चौधरीले नै बताएका छन् । यति उद्योग रहेको सो कम्पनी भने नेपाल सरकारको सूचीको अन्त्यतिर भेटिनुलाई पनि रह¥यकै रुपमा लिने गरिएको छ । भारतीय मूलका व्यापारी विनोद चौधरीका हजुरबुवा राजस्थानबाट नेपाल छिरेका हुन ।

चौधरी ग्रुपको अहिलेको लगानी बैँकिङ, खाद्य पदार्थ, सिमेन्ट, रियस स्टेट, होटल, ऊर्जा र इलेक्ट्रोनिक्स लगायतमा छ । चौधरी भ्याट छली काण्डमा सबैभन्दा बढी विवादमा पर्दै आएका व्यापारी हुन । विनोद चौधरी स्वामित्वको वाइवाइ उत्पादक कम्पनी सिजी फुडले १० करोड रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजस्व छलेको खुलासा भएपनि सरकारले अहिलेसम्म कारबाही गर्न सकेको छैन ।

चौधरी ग्रुप अरु विभिन्न विवादमा पनि मुछिदै आएको छ । नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीको अनुसन्धानले चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेर हत्या गरेको प्रतिवेदन सार्वजनिक हुदाँ समेत उनीमाथी कुनै कारबाही नेपाल सरकारले गर्ने आँट छैन ।

जबकि सरकारले उत्कृष्ट करदातालाई एक वर्षका लागि विशेष प्रकारको परिचयपत्र उपलब्ध गराउने भएको छ । चौधरी भने, सांसदको हैसियतमा आवश्यकताअनुसार रातो पासपोर्ट र गोपनीयता लुकाउन हरियो पासपोर्टको प्रयोग गरेर विदेश जाउआउ गर्ने गर्छन् ।

उनले आफू वाईवाई चाउचाउको उत्पादन र बिक्री वितरणबाट डलर अर्बपति भएको बताउँदै आएका छन् । उक्त चाउचाउको मुख्य कारखाना ललितपुरको सैंबुमा छ । तर, सोही चाउचाउको बिक्रीबाट तिरेको करको आधारमा उनी कहिल्यै मुलुकभित्र धेरै कर बुझाउनेमा परेका छैनन् ।

विनोद चौधरी अधिकांश मुलुकमा अवैध तवरले नेपालबाट लगिएको डलर लगानी गरेर धनी भएको यसबाट पनि प्रष्ट भएको अधिकारीहरुको निचोड छ । चौधरीले अबैधरुपमा नबिल बैँकमा उनले अप्रत्यक्ष रुपमा आयरल्यान्डको एनबी इन्टरनेसनल नामको कम्पनीको नामबाट लगानी गरेको खुलासा भएको छ । विनोदका बाजे भुरामल चौधरी राजस्थानका मारवाडी हुन । सन् १८७० मा उनी नेपाल पसेका थिए ।

यो पनि अध्ययन गर्न छुट्यो की ?

विनोद चौधरीले नेपालमामात्र हैन भारतमा पनि आयकर छली, वाइवाई कम्पनीमा छापा

चौधरी ग्रुपको नयाँ फण्डा : १४ अर्ब कर नबुझाएको आशंका

चौधरी ग्रुपले अत्याधिक कमाउदा पनि बुझाउदैन कर र राजश्व (भिडियो सहित)

सरकारको सूचीमा कहिल्यै परेन कर तिर्नेमा चौधरी ग्रुप

Exclusive: चौधरी ग्रुपको ०१५५४५८९३ नम्बरबाट व्यवसायीलाई दिए यस्तो धम्की …

चौधरी ग्रुपको लुट : उत्पादन अनुमति विपरित वाइवाइको तौल घट्यो, मूल्य बढायो

चौधरी ग्रुपको अर्को कालो कर्तुत : अबैधरुपमा ११ गुना भन्दाबढी लगानी विदेशमा

नक्कली भ्याट बिल मुद्दा : चौधरी ग्रुप सहित पाँच वटै कम्पनी दोषी ठहर

कुहिएको वाइवाइ चाउचाउ बजारमा : मापदण्ड विपरित चौधरी ग्रुपको चाउचाउबाट स्वस्थ्यमा गम्भीर असर

चौधरी ग्रुपको चाउचाउ खान अयोग्य : सिजी कम्पनीलाई सामान्य जरिवाना गरि उन्मुक्ती

चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषादी रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी

चौधरी ग्रुपको वाईवाई चाउचाउ गुणस्तहिन रहेको ठहर गर्दै मुद्दा दायर…

वाईवाई चाउचाउ गुणस्तरहीन : सरकारले गरेन कारबाही, मन्दविष खुवाउदै चौधरी ग्रुप

चाउचाउ खादै हुनुहुन्छ होसियार ! वाइवाइ चाउचाउमा भेटियो अखाद्य बस्तु

चौधरी ग्रुपद्वारा थाई प्रिजभ्ड फुडको लोगो कपिराइट गरि वाइवाइ चाउचाउ उत्पादन

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!