पर्यटन ऐन संशोधन प्रक्रिया अघि बढाइएको छ : राज्यमन्त्री सिर्पाली

- November 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पर्यटन, संस्कृति एवं नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको बताएकी छन् । बुधबार काठमाडौंमा भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘भरतपुर घुमौं २०२४’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्भावनाहरुलाई विकासमा नजोड्ने या सम्भावनाको उपलब्धि हातमा नआउने कारण ऐन कानून नै रहेको भन्दै पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताएकी हुन् । उनले भनिन्, ‘पर्यटनसम्बन्धी ऐनहरु संशोधन नहुँदा कहीँ न कहीँ सम्भावनाहरुलाई विकासमा नजोड्ने या सम्भावनाको उपलब्धि प्राप्त नहुने अवस्था भएकाले पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाएका छौं ।’ उनले विज्ञहरुको सुझाव लिएर लामो समयसम्म आमजनता र पर्यटकले अनुभव गर्नेगरी ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताइन् । उनले भनिन्, ‘विज्ञहरुको सुझाव लिएर लामो समयसम्म पर्यटक र आम जनताले अनुभव गर्नेगरी कसरी हुन सक्छ भनेर संशोधनको प्रक्रिया अगाडि बढाइएको छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!