अवैध १० लाख रुपैयाँ बराबरको काठ सहित दुईजना पक्राउ

- November 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रौतहट । प्रहरीले गुजरा नगरपालिका–३ पशुपतिटोलबाट अबैध काठ लोड भएको गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा वेश जंगलसहिया र प्रहरी चौकी हरिनगरबाट खटिएको संयुक्त टोलीले धनसर–जंगलसहिया सडकखण्डबाट प्रदेश २–०३–००१ च–५६७१ नम्वरको पिकअप गाडीबाट पाँचथान सालको गोलिया बरामद गरेको छ । बाराको निजगढ नगरपालिका वडा नं..८ खैरगारी टोलका २१ वर्षीइ बुद्ध थिङ र २३ वर्षीय सञ्जय लामालाई पक्राउ गरिएको सशस्त्रप्रहरी बल सुरक्षा वेश जंगलसहियाका प्रहरी नायव निरीक्षक सञ्जय बरालले बताए । पक्राउ गरिएको काठसहित गाडीलाई आवश्यक कारवाहीका लागि जगलसहिया बन–डिभिजन कार्यालय रौतहटमा बुझाइएको उनले जनाए । बरामद गरिएको काठ अन्दाजी १० लाख रुपैयाँ बराबरको रहेको जगलसैया सब–बन डिभिजन कार्यालय रौतहटका प्रमुख सहायक बन अधिकृत आरिफ अन्सारीले बताए । उनका अनुसार उक्त स्थानबाट साल गोलिया अन्दाजी ८० क्युबिकफिट बरामद गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!