स्वरुपराज र रचनाको ‘फूल्यो चमेली’ सार्वजनिक

- November 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक स्वरुपराज आचार्य र गायिका रचना रिमालको स्वरमा रहेको गीत ुफूल्यो चमेलीु को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मनमैजु साँस्कृतिक समाजको प्रस्तुतिमा गीतकार डा कमलराज शर्माको शब्द र हरि लम्सालको कर्णप्रिय संगीत रहेको गीतको भिडियोमा लोकप्रिय कलाकार गौरव पहारी र उषा रजकको अभिनय रहेको छ ।

भिडियोमा देशको विद्यमान अवस्था र जीवन निर्वाहका लागि विदेशिएका नेपालीहरुको कारुणिक जीवनलाइ जिवन्त चित्रण गरिएको छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी र बिकाश धमलाको सम्पादन रहेको भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् ।

देशबासीको लागि विद्यमान चारैतिरको अवस्था ज्यादै दुरुह बन्दै गैरहेको, चरम अस्थिरताले मानिसको मन अनिश्चित गतव्यतर्फ उडाइरहेको बर्तमान अबस्थामा अनुकुल अवसर खोजिमा विदेश जानै पर्ने बाध्यता पैदा गरिएको तथापि विदेशमा काम गर्दाको अवस्था पनि उत्तिकै प्रतिकुल छ ।

सबै भन्दा उत्तम विकल्प त पसिना सिंचेर आफ्नै घरतिको सेवा गर्नु नै हो भन्दै आफ्नै देशको माटोलाइ शिरानी बनाउन यहि देशमा फर्केर आउन अपिल गर्दै गीत रचना गरिएको गीतकार शर्माले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!