अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री रेखा थापा

- November 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । अभिनेत्री रेखा थापा पुनः चलचित्र उपहार मार्फत निर्माण र अभिनयमा सक्रिय रुपमा आउने भएकीछिन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको बताउदै अब सकृय रुपमा चलचित्र क्षेत्रमा आउन लागेको बताएकी हुन ।

थापाले भनिन्,‘म चुनावको क्रममा घुम्दा दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ भनेपछि सोही जिज्ञासा मेटाउनकालागि पुन चलचित्र क्षेत्रमा फर्किएको हु ।’ उनले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा लामोसमय नटाढिने बताईन ।

उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय रहने छ । चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भएका छन् । रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!