चलचित्र ’रङ्गेली’ को पोस्टर सार्वजनिक

- November 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फागुन २५ गतेबाट प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ माअभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिने भएकी छन् ।मिरुनालाई ’जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले सार्वजनिक गरेको छ ।

’रङ्गेली’ निर्देशक अर्जुन सुवेदीले मिरुनाले भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरेका छन् । सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा रहेका छन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् । युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता रुपमा देखाइएको छ । विवेक खड्का एशोसियट निर्माता र चलचित्रको सुशन प्रजापतिले छायांकन गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!