काठमाडौं । मुलुकमा आर्थिक मन्दीका कारण उद्योग, व्यापार, व्यवसायमा त्यसको प्रभाव परेसंगै सम्पूर्ण व्यवासायीहरु यसको मारमा परेका छन् । पछिल्लो सयम राज्यबाट निर्माण व्यवसायीको भुक्तानी नगरिनु र चर्काे व्याज तिर्नु परिरहेको वर्तमान अवस्थाको मुक्तिको लागि भन्दै निर्माण व्यवसायीहरु समेत दुर्गा प्रसाईको राजधानीमा हुन गएको शान्तिपूर्ण प्रदर्शनमा ऐक्यवद्धता जनाउने भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका (आन्तरिक) उपमहासचिव नरहरि थपलियाले एक अपिल जारी गर्दै सम्पूर्ण व्यवसायीलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । थपलियाले जारी गरेको अपीलमा भनिएको छ – ‘नेपाली नागरिकको हैसियतले कुनै पनि राजनीतिक पार्टी विशेषसँग आबद्ध नभई राष्ट्र, राष्ट्रियताप्रति समर्पित रहेर मुलुकको विकासमा अहोरात्र खटिदै आएपनि बैक तथा वित्तिय संस्थाहरुको ज्यादती, बिमा कम्पनीको मनोमानीका कारण आर्थिक रुपमा धराशायी हुन लागेकाले यसको न्यूनीकरणका लागि पनि श्री प्रसाईजीको उक्त कार्यक्रम प्रति समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’
अपिलको पूर्ण पाठ
हार्दिक अपील
सामाजिक अभियन्ता श्री दुर्गा प्रसाईज्यूको संयोजकत्वमा मिति : २०८०/०८/०७ गते राजधानीमा हुन गइरहेको कार्यक्रममा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन देशभरका निर्माण व्यवसायीहरूलाई अनुरोध गर्दछौं ।
हामी नेपालका २४ हजार भन्दा बढी निर्माण व्यवसायीहरू नेपाली नागरिकको हैसियतले कुनै पनि राजनीतिक पार्टी विशेषसँग आबद्ध नभई राष्ट्र, राष्ट्रियताप्रति समर्पित रहेर मुलुकको विकासमा अहोरात्र खटिदै आएपनि बैक तथा वित्तिय संस्थाहरुको ज्यादती, बिमा कम्पनीको मनोमानीका कारण आर्थिक रुपमा धराशायी हुन लागेकाले यसको न्यूनीकरणका लागि पनि श्री प्रसाईजीको उक्त कार्यक्रम प्रति समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!