आठ सय ८० ग्राम अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ

- November 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेश ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!